राष्ट्रपति भण्डारी र भारतीय समकक्षी कोबिन्दबीच भेटवार्ता



०५ कार्तिक २०७६, काठमाडौं

राष्ट्रपति विद्यादेवी भण्डारी र भारतका राष्ट्रपति रामनाथ कोबिन्दबीच मंगलबार जापानमा शिष्टाचार भेटवार्ता भएको छ। राष्ट्रपति भण्डारी र भारतीय राष्ट्रपति कोबिन्दबीचको यो पहिलो भेटवार्ता हो।

भेटवार्तामा दुवै राष्ट्रपतिले नेपाल भारत सम्बन्धप्रति सन्तोष व्यक्त गर्नुका साथै दुई देशका प्रधानमन्त्रीहरुबीचको छलफल र भेटपछि भारतीय सहयोगमा नेपालमा सञ्चालित परियोजनाहरुले तिब्रता पाएको र ती परियोजनाहरु निर्धारित समयमै सम्पन्न हुनेमा आशा व्यक्त गरेका जानकारी भेटमा सहभागी राष्ट्रपति सचिव शंकार बैरागीले बताए।

भारतका राष्ट्पति कोबिन्दले नेपाल सरकारले शिख समुदायका धार्मिक गुरु गुरु नानकको स्मरणमा तीन भिन्नाभिन्नै सिक्का निकालेको र महात्मा गान्धीको १ सय ५० औं जयन्तीलाई नेपालले महत्व दिएकोमा नेपाल सरकारलाई धन्यवाद समेत दिए।

प्रतिक्रिया दिनुहोस्