गोरखामा बहुउद्देश्यीय सामुदायिक केन्द्र भवन हस्तान्तरण



०५ कात्तिक २०७६, काठमाडौं

गोरखा नगरपालिका वडा नं. २ आहाले भन्ज्याङ्गमा सोड नेपालको समन्वय, कोरिया होप फाउन्डेशन र गोरखा नगरपालिकाको आर्थिक सहयोगमा महिलाहरुको दिर्घकालिन आम्दानी वृद्धि तथा महिला सशक्तिकरण एवं समुदाय विकास कार्यक्रम अन्तर्गत नव निर्मित ३ तले बहुउद्देश्यीय सामुदायिक विकास केन्द्र भवन हस्तान्तरण गरिएको छ ।

नगरपालिका उपप्रमुख विनाकुमारी श्रेष्ठ, सोड नेपालका उपाध्यक्ष अर्जुन कुमार पौडेल, महासचिव दयाराम कार्की, वडा नं. २ का वडाध्यक्ष रमतुल्ला मियाँ, जग्गा व्यवस्थापनमा सहयोगी जग्गा दाता न्याम तुल्ला मियाँ, भवन निर्माण उपभोक्ता समितिको अध्यक्ष डिल वहादुर अधिकारी, लगायत स्थानीय नागरिकको उपस्थीतिमा कोरिया होप फाउन्डेशन र सोड नेपालले संयुक्तरुपमा नवनिर्मित भवनको शुभारम्भ गरि हस्तान्तरण गरिएको जानकारी सोड नेपालका अध्यक्ष ज्ञान प्रसाद श्रेष्ठले जानकारी परिवर्तन खबरलाई जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्