नेपाल अब शुरुङ मार्ग युगमा प्रवेश : महानिर्देशक शर्मा



०४ कात्तिक २०७६, काठमाडौं

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको शिलान्यास कार्यक्रममा आफ्नो धारणा राख्दै सडक विभागका महानिर्देशक केशव कुमार शर्माले नेपाल अव शुरुङमार्गमा प्रवेश गरेको बताएका छन् ।

शुरुङ सडक निर्माणसँगै सडकको अवस्था सुधार हुने, यातायात संजाल व्यवस्थित हुने र निर्माण कार्यबाट नेपाली प्राविधिकहरुले समेत अनुभव र ज्ञान सिक्ने भएकोले यो परियोजना निकै महत्व रहेको महानिर्देशक शर्माले बताए ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को ०.०१ प्रतिशत सहुलियत ऋण सहयोगमा शुरु गरिएको सुरुङमार्ग निर्माणका लागि रु २२ अर्ब लागत लाग्नेछ, जसमा जाइकाले रु १६ अर्ब सहुलियत ऋण दिने र रु ६ अर्ब नेपाल सरकारले आन्तरिक स्रोतबाट व्यहोर्ने छ । २.६८८ किलोमिटर लम्बाई, ९.५ मिटर चौडाइ र १८ मिटर उचाई रहने मार्गको निर्माण ४२ महिनामा सम्पन्न हुने समेत शर्माले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्