बस दुर्घटना हुँदा २४ को मृत्यु



०४ कार्तिक २०७६, काठमाडौं

कंगोको राजधानी शहर किन्सासामा आइतबार बिहान बस दुर्घटना हुँदा २४ जनाको ज्यान गएको छ।

अँगोलाको सीमा क्षेत्रीय कंगोली शहर लुफुतर्फबाट आइरहेको सो बस किन्सासा नजिकै दुर्घटनामा परेको अधिकारीहरु बताएका छन्।

राजमार्गमा गुडिरहेको बस अकस्मात दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ। बसको ब्रेक फेल भएका कारण सो दुर्घटना हुन पुगेको सुरक्षा अधिकारीहरुले बताएका छन्।

दुर्घटनामा परेको सो बस सीमावर्ती शहर अँगोलाको लुफुबाट राष्ट्रिय राजमार्ग नम्बर १ किन्सासातर्फ जाँदै गरेको र आइतबार मध्यरात करिब १ बजे दुर्घटनामा परेको थियो।

बस म्बान्जा नगन्गुु गाउँनजिकै सडकमा आई दुर्घटनामा परेको र त्यसमा आगलागि समेत भएको थियो। सो बसमा यात्रुहरुका अतिरिक्त इन्धन र मदिरा समेत रहेको अधिकारीहरुको भनाइ छ।

बसमा भार बढी भएकोले दुर्घटनामा परेको र उक्त बसमा इन्धन तथा मदिरासमेत रहेकाले आगो लागेको उक्त क्षेत्रका प्रहरी अधिकारीहरुले बताए।

सांकेतिक तस्वीर

प्रतिक्रिया दिनुहोस्