कण्डम एक्सपायर भएको छ या छैन? थाहा पाउने तरिका…



०४ कार्तिक २०७६, काठमाडौं

गर्भनिरोधको साधनको रुपमा अपनाइने विभिन्न साधनमध्ये कण्डम निकै सहज र भरपर्दो हो भन्नेमा अधिकांश नागरिकको वुझाई छ। कण्डम प्रयोग गर्नमा सजिलो हुन्छ भने बजारमा पनि सहजै उपलब्ध हुन्छ र यो यति सानो हुन्छ जसलाई चाहे अनुसार जहाँपनि पकेटमा राख्न सकिन्छ।

होल्याण्डको क्ल्यारि गिलेस्पाई एण्ड किम्बर्लीका प्रा.डा.जेनेट ब्रिटोका अनुसार कण्डमले नचाहेको गर्भ मात्रै रोक्दैन तपाईँलाई विभिन्न यौनसँग सम्बन्धीत रोगहरु एचआईभी, एड्स र गनोरियाबाट पनि जोगाउने काम पनि गर्छ।

आकार र फ्लेवरका कण्डमः

कण्डमको सबैभन्दा राम्रो पक्ष यो हो की तपाईँ बिना कुनै स्ट्रेस वा तनावले पार्टनरसँग सेक्सी र पेशिनेट क्षणको आनन्द लिन सक्नुहुन्छ।

कण्डम हरेक किसिमले आकार र फ्लेवरमा पनि पाइन्छ जसले गर्दा मानिसले आफ्नो इच्छा अनुसार छनोट गर्न सक्छन्। तर, ध्यान दिनुपर्ने कुरा के हो भने अन्य सामान जस्तै कण्डमको पनि एक्सपायरी डेट हुन्छ र एक्सायपर भइसकेको कण्डमको प्रयोग गर्नबाट जोगिनु पर्छ।

जाँच गर्ने तरिकाः

यदि कण्डमको प्याकेट खोलेर बाहिर निकाल्ने बित्तिकै कण्डम धेरै नै सुक्खा, चिपचिप वा निकै नै कडा अनुभव हुन्छ भने तपाईँ त्यो कण्डमको प्रयोग नगर्नूहोस्।

दुर्गन्ध आयो भने यदि तपाईँले किनेको कण्डमबाट नराम्रो दुर्गन्ध आयो र कण्डमको रंगपनि खुलिएको छ भने कण्डम बिग्रेको वा एक्सपायर भएको हुन सक्छ।

त्यसकारण यस्ता दुर्गन्धित र रंग खुलिएको कण्डमपनि प्रयोग गर्नबाट जोगिनुपर्छ। अन्यथा तपाईँलाई संक्रमण गराउन सक्छ।

एक्यपायरी मिति जाँच गरौं:

सधैँ एक्सपायरी मिति जाँच गरेर मात्रै कण्डम खरिद गर्नुपर्छ। किनकी जसरी एक्सपायरी डेट नजिकिदै जान्छ कण्डमको इलास्टिसिटी र उसको असर कम हुन थाल्छ।

त्यति मात्र नभई कण्डम हेर्नमा राम्रो भएपनि एक्पायरि मिति सकिसकेको अवस्थामा कण्डमको प्रयोग गर्नु हुँदैन। किनकी यदि तपाईँले यी कुरालाई वेवास्ता गरेर प्रयोगमा ल्याउनुभयो भने हुन सक्छ सेक्सको क्रममा त्यो च्यातियोस्।

सहि तरिकाले गरौं प्रयोग:

कण्डमको प्याकेट खोल्नका लागि कैंचीको प्रयोग कहिले पनि गर्नुहुँदैन। किनकी हुन सक्छ कैंचीले प्याकेट काट्दा कण्डमपनि काटियोस्।

साथै ध्यान राखौं कि कण्डम वा त्यसकोप्याकेटमा तपाईंको नंग वा साँचोले प्वाल नपरोस। नत्र कण्डम बिग्रिन सक्छ। तपाईंको नंग वा साँचोले कण्डमको प्याकेट काट्दा त्यसमा प्वाल पर्ने हुनाले निकै ध्यान दिनुपर्ने हुन्छ।

प्रतिक्रिया दिनुहोस्