नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणको शिलान्यास प्रधानमन्त्रीद्वारा सम्पन्न(विस्तृत परियोजना विवरणसहित)



०४ कार्तिक २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सडक पूर्वाधारमा महत्वपूर्ण संरचना मानिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणको शिलान्यास गरिएको छ।

आगामी साढे तीन वर्षमा सम्पन्न हुने सुरुङमार्ग जापान सरकारको सहुलियत ऋणमा निर्माण हुन लागेको हो। यसको निर्माणको ठेक्का जापानी हाज्मारआन्दो कर्पोरेसनले लिएको छ।

कम्पनीसँग यसअघि नै सम्झौता भएपछि आइतबारदेखि औपचारिक रुपमा काम सुरु भएको हो। सुरुङमार्ग निर्माणको लागि २२ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ। यसमध्ये १६ अर्ब रुपैयाँ जापानले सहुलियत ऋण प्रदान गर्ने छ भने ६ अर्ब रुपैयाँ नेपालले आन्तरिक स्रोतबाट जुटाउने छ।

नेपालले जापानलाई ०.१ प्रतिशत मात्रै ब्याज तिर्ने सम्झौता भएको सडक विभागले जनाएको छ।

सुरुङमार्ग यस्तो हुनेछः

परियोजनाको डीपीआरअनुसार सुरुङमार्ग थानकोटस्थित किसिपढी खोल्सीदेखि धादिङको सिस्नेखोलासम्म निर्माण हुनेछ। यसको लम्बाइ २.७ किमिको हुनेछ।

पश्चिमतर्फ ५ सय ६५ मिटरको एप्रोच लिङ्क सडक र पूर्वतर्फ २ हजार ३ सय ७ मिटरको सडक निर्माण हुनेछ। सुरुङमार्गको क्यारिज वे ९.५ मिटरको हुनेछ। यस्तै दुईवटा लेन हुनेछन्।

सतुङगलबाट सुरुङमार्गको प्रवेशमार्गसम्म पुग्नका लागि दुईवटा फ्लाई ओभर निर्माण हुनेछन्। सातवटा साना पुल र ११ वटा बक्स कल्भर्ट निर्माण हुने हुने डीपीआरमा उल्लेख गरिएको छ।

सिस्नेखोलातिर ४४ रोपनीमा सर्भिसिङ स्टेसन, चमेना गृह, फ्यूल्स्टेसन, रिफ्रेसमेन्ट सेन्टर, स्थानीय उत्पादित सामग्रीहरु प्रदर्शन गर्ने स्थललगायतका संरचना निर्माण हुनेछ।

सुरुङमार्गको प्रवेश मार्ग छेउमा मेन्टिनेन्स बिल्डिङ समेत बन्नेछ। यसले सुरुङमार्ग मर्मत र कुनै समस्या आए त्यसको समाधान गर्नेछ। यस्तै सुरुङमार्ग निर्माणपछि सडक जामको मुख्य समस्याबाट मुक्ति मिल्नेछ।

परियोजनाको विस्तृत विवरण यहाँ हेर्नुस्।

यो पढ्नुभयो?

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको शिलान्यास प्रधानमन्त्रीबाट हुँदै

प्रतिक्रिया दिनुहोस्