हङकङ प्रदर्शनः प्रदर्शनकारीद्वारा सुरक्षाकर्मीलाई पेट्रोल बम प्रहार



०४ कार्तिक २०७६, काठमाडौं

हङकङमा जारी सरकार विरुद्धको प्रदर्शनमा आन्दोलनकारीले सुरक्षाकर्मीलाई लक्षित गरी पेट्रोल बम प्रहार गरेका छन्।

सरकारले प्रतिबन्द लगाएको मार्चमा सहभागी हजारौं सर्वसाधारणले कालो पहिरन लगाएर निषेधित क्षेत्रमा प्रवेश गर्न खोज्दा सुरक्षाकर्मीले बल प्रयोग गरेपछि उनीहरुमाथि नै पेट्रोल बम प्रहार भएको थियो।

चार महिनादेखि जारी विरोध प्रदर्शनका कारण हङकङको जनजीवन अस्तव्यस्त भएको छ। पछिल्लो एक साता स्थगित भएको प्रदर्शन फेरि सुरु भएपछि सुरक्षाकर्मीसँग झडप भएको हो।

प्रदर्शनमा उत्रिएकाहरुले सार्वजनिक जमघटमा अनुहार छोप्न केही दिनअघिको सरकारी प्रतिबन्धको पनि उल्लंघन गरेर मास्क लगाएका थिए।

प्रतिक्रिया दिनुहोस्