चिसोमा दाँतको हेरचाह गर्ने तरिका



०४कार्तिक २०७६, काठमाडौं

दशैंको अन्त्यसँगै मौसम पनि परिवर्तन भइरहेको छ। कार्तिकको सुरुवातसँगै मौसम पनि चिसो हुँदै जान्छ।

दिनप्रतिदिन काठमाडौं उपत्यकासहित देशका अन्य क्षेत्रमा पनि जाडो सुरु भएको अनुभव हुन थालेको छ। जसरी गर्मीमा मानव स्वास्थ्यमा विभिन्न समस्या देखा पर्दछ। त्यसरी नै जाडो याममा पनि विभिन्न समस्याले सताउन सक्छ।

जसकारण समयमै सावधानी अपनाउनुपर्ने हुन्छ। मौसमी रुघाखोकी, फ्लु, ज्वरो, टाउको दुख्ने, पिनास, टनसिल बढ्ने लगायतका समस्या जस्तैः दाँतको दुखाई पनि जाडो मौसममा हुन सक्छ।

त्यसकारण चिसोमा दाँतलाई सुरक्षित राख्न यी उपायहरु अपनाउनुहोस्ः

–चिसो समयमा दाँतमा चिसो हावा पर्ने, चिसो खानेकुराको प्रयोग बढी हुने तथा शरिरका तापक्रममा पनि कमी आउँदा दाँतको दुखाई बढी हुने गर्दछ।

–दाँतमा समस्या हुने मानिसले धेरै साह्रो खानेकुरा कहिल्यै खानुहुँदैन।

–खराब किसिमबाट ब्रस गर्ने, खैनी, पान, पराग, सुपारी, चुरोटको सेवन गर्दा दाँतमा समस्या उत्पन्न हुन्छ।

–खाना खाइसकेपछि जाडोले गर्दा ब्रस गर्न सकिँदैन भने राम्रोसँग मुख कुल्ला गर्नु उत्तम हुन्छ।

–सामान्य दुखाईमा साधारण नुन पानीले मुख कुल्ला गर्दा पनि स्वस्थ रहन सकिन्छ।

प्रतिक्रिया दिनुहोस्