जम्मू–कश्मीरमा पुनः२ गोर्खा जवान शहीद



०४ कार्तिक २०७६, काठमाडौं

देशको सुरक्षार्थ पुनः दुईजना गोर्खा जवान शहीद भएका छन्।

आइतबार बिहान जम्मू–कश्मीरको कुपवड़ाको तङ्गधार सेक्टरमा भारतीय सेनाको चौकी र ग्रामीण क्षेत्रलाई लक्षित गरी पाकिस्तानी सेनाले गरेको गोलीबारीमा परी दुई गोर्खा जवान शहीद भएका बताइएको छ।

नेपाल खबरले लेखेअनुसार शहीद हुने गोर्खा सैनिक क्रमैले हवल्दार पदमबहादुर श्रेष्ठ र राइफलम्यान गमिल कुमार श्रेष्ठ छन्। यद्यपि उनीहरू कहाँका हुन् भनेर पुष्टि भइनसकेको बताइएको छ।

पछिल्ला दुई महिनायता पाकिस्तानी गोलीबारीमा ५ गोर्खा सैनिक शहीद भइसकेका छन्। केही दिनअघि मात्र पाकिस्तानी सेनाले रजौरी जिल्लाको नौशेरा सेक्टरमा गरेको गोलीबारीमा बाघडुग्रामा निवासी नाइक सुवास थापा शहीद भएका थिए।

भारतीय सेना सूत्रका अनुसार आज सखारै युद्धविराम गरी पाक सेनाले तङ्गधार सेक्टरमा गरेको गोलीबारीमा थप ३ सैनिक घाइते भएका छन्। पाक सेनाको गोलीबारीपछि प्रतिआक्रमणमा ओर्लेको भारतीय सेनाले कठोर कारबाही गरी आतङ्कवादीका धेरै क्याम्पहरू नष्ट गरेको बताइएको छ।

भारतीय सेनाको कारबाहीमा करिब एक दर्जन पाकिस्तानी सेना र आतङ्की मारिएको पनि भारतीय सेनाले जनाएको छ।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्