अष्ट्रेलियाका पत्रिकाको सोमबारको अंकः पहिलो पृष्ठमा कालो पोतियो, कारण यस्तो!



०४ कार्तिक २०७६, काठमाडौं

अष्ट्रेलियाबाट प्रकाशित हुने पत्रिकाहरुको सोमबारको अंकको पहिलो पृष्ठ कालो छापिएको छ। त्यहाँबाट प्रकाशन हुने प्रायः पत्रिकाहरुले सरकारको विरोधमा यस्तो कदम चालेका हुन्।

देशका मिडियामा लगाम लगाउने कोशिसको विरोधमा सोमबार अष्ट्रेलियाबाट प्रकाशित पत्रिकाहरुको पहिलो पृष्ठ कालो छापिएको हो। अष्ट्रेलियाका पत्रिकाहरुले सरकारको उक्त कानूनको जानकारी जनतासम्म पुर्याउन आफूहरुलाई लगाम लगाएको आरोप लगाएका छन्।

यस वर्ष अष्ट्रेलियाको एक ठूलो मिडिया समूह अष्ट्रेलियन बोर्डकास्टिङ कम्युनिकेशन (एबीसी)को मुख्यालय तथा एक पत्रकारको घरमा छापा मार्ने कदमको विरोधस्वरुप अष्ट्रेलियाका पत्रिकाहरुले यस्तो कदम उठाएका हुन्।

पत्रिकाको यो ‘राइट टू नो कोइलिसन’ को त्यहाँका टिभी, रेडियो तथा अनलाइन समूहले पनि समर्थन गरेका छन्। अभियन्ताहरुले पछिल्लो दुई दशकमा अष्ट्रेलियामा यस्तो सुरक्षा कानूनको खोज पत्रकारितालाई खतरा पुर्याइरहेको बताएका छन्।

तर, सरकारले आफू प्रेस स्वतन्त्रताको समर्थनमा रहेको बताउँदै कानूनभन्दा माथि कोही पनि नहुने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्