चीनले नेपाललाई १५० मिलियन युआन बराबरको सैन्य सामग्री दिने



०३ कार्तिक २०७६, काठमाडौं

चीन सरकारले नेपाललाई १ सय ५० युआन बराबरको सैन्य सामग्री उपलब्ध गराउने भएको छ।

चीन भ्रमणमा रहेका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल र त्यहाँका रक्षामन्त्री वी फेङ्हीबीच आइतबार नेपाली सेनालाई सैन्य सामग्री उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भएको हो।

यसअघि नेपाल भ्रमणमा रहेको चिनियाँ राष्ट्रपति सी चिनफिङले सहायता उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेअनुसार आज औपचारिक सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

सम्झौतानुसार चिनले मानवीय तथा विपद् व्यवस्थापनसँग सम्बन्धीत सैन्य सामग्री उपलब्ध गराउने छ।

प्रतिक्रिया दिनुहोस्