नेता नेपालद्वारा एनआरएनएका नवनिर्वाचित पदाधिकारीलाई शुभकामना व्यक्त



०३ कार्तिक २०७६, काठमाडौं

पूर्वप्रधानमन्त्री एवं नेकपाका वैदेशिक मामिला विभाग प्रमुख माधव कुमार नेपालले गैरआवासी नेपाली संघ(एनआरएनए)का नवनिर्वाचित अध्यक्ष कुमार पन्त लगायत अन्य पदाधिकारीहरुलाई शुभकामना दिएका छन्।

काठमाडौंमा आइतबार बिहान भएको एक विशेष भेटमा वरिष्ठ नेता नेपालले सबै पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिएका हुन्।

भेटमा नेता नेपालले मात्रृभूमिको विकास र समृद्धिको यात्रामा सघाउन एनआरएनहरुलाई आग्रह गरेका थिए। उनले एनआरएनहरुको लगानी सुरक्षा र प्रतिफल ग्यारेन्टी गर्न सरकार तयार रहेको समेत बताएका थिए। एनआरएनहरुले विदेशमा हाँसिल गरेको ज्ञान, सीप र पूंजीलाई मात्रृभूमिको विकासमा उपयोग गर्नुपर्नेसमेत उनले बताएका थिए।

यस्तै एनआरएनएका नवनिर्वाचित अध्यक्ष कुमार पन्तले जन्मभूमिमा लगानी बढाएर विकास र समृद्धिको यात्रामा सघाउन एनआरएनए सदैव तयार रहेको बताएका थिए।

एनआरएनएको नवनिर्वाचित पदाधिकारीहरुलाई पहिलो शुभकामना तथा बधाई नेकपा विदेश विभागले दिएको हो।

प्रतिक्रिया दिनुहोस्