
०३ कार्तिक २०७६, काठमाडौं
हुम्लाको खार्पुनाथ गाउँपालिकामा शुक्रबार भालुको आक्रमणबाट एक महिला घाइते भएकी छिन्।
खार्पुनाथ ४ स्थित नल्ला गाउँकी ३५ वर्षीय भगवती शाही घाइते भएकी हुन्। घाँस काटने क्रममा गाउँ नजिकको जंगल गएकी शाहीलाई भालुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ।
शनिबार जिल्ला अस्पताल हुम्ला पुर्याएकी शाहीको अनुहार र शरिरको हड्डीमा गहिरो घाउचोट लागेकोले उपचारको लागि जिल्ला बाहिर रिफर गरिएको जिल्ला अस्पतालले जनायो।
फाइल तस्वीर





