अध्ययनको खुलासाः रक्तचाप नियन्त्रणका लागि प्रयोग हुने औषधिका कारण आत्महत्या बढ्ने



०३ असोज २०७६, काठमाडौं

रक्तचाप सामान्य बनाउनका लागि प्रयोग गर्ने औषधिका कारण आत्महत्याको दर बढ्न सक्ने एक नयाँ अध्ययनले खुलाएको छ।

रक्त चाप सामान्य नियन्त्रणमा राख्नका लागि सामान्य रुपमा प्रयोग हुँदै आएको औषधि र आत्महत्याबिच सकारात्मक सम्बन्ध देखिएको अनुसन्धानकर्ताहरुको भनाई छ।

रक्त चापको उपचारका लागि एआरबी प्रयोग गर्ने व्यक्तिको मृत्यु अरुको तुलनामा आत्महत्याका कारण हुने सम्भावना बढी देखिएको अनुसन्धानमा संलग्नले बताए।

एआरबीको सट्टा एसिई इनहिबिटर्स प्रयोग गर्नेमा आत्महत्याको दर कम देखिएको अनुसन्धानमा उल्लेख गरिएको छ। तर यसको कारण र प्रभावबारे भने स्पष्ट हुन सकिएको छैन।

एसिई इनहिबिटर्सको सट्टा एआरबी प्रयोग गर्नेमा आत्महत्याको जोखिम ६३ प्रतिशतले बढी हुने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्