महराको मुटुमा गम्भीर समस्या



०२ कार्तिक २०७६, काठमाडौं

बलात्कारको आरोपमा पक्राउ परेका तत्कालीन सभामुख कृष्णबहादुर महरालाई मुटुमा गम्भीर समस्या देखिएपछि एन्जिओग्राम गरिएको छ।

१० दिनअघि उच्च रक्तचापका कारण नर्भिक अस्पताल भर्ना गरिएका महराको स्वास्थ्यमा समस्या भएपछि थप उपचार थालिएको हो।

उनलाई जनरल वार्डवाट सीसीयू कक्षमा भर्ना गरेर एन्जिओग्राम गरिएको नर्भिक इन्टरनेसनल अस्पतालले जनाएको छ। महराको मुटुको देब्रेपट्टि केही समस्या देखिएकाले थप उपचार र परीक्षण भइरहेको छ।

गत १२ असोजमा संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको आरोप लागेसँगै उनीमाथि महानगरीय प्रहरी परिसर काठमाडौंले जबरजस्ती करणी उद्योगमा अनुसन्धान थालेको छ।

शाहीलाई बलात्कार प्रयासमा पक्राउ गरेकै दिनदेखि महरालाई नर्भिक अस्पताल भर्ना गरिएको थियो। दशैं विदाकै क्रममा पक्राउ परेका महरालाई नौ दिनपछि सरकारी वकिलको कार्यालयमा उपस्थित गराएपनि स्वास्थ्यको कारण देखाउँदै महराले वयान दिन इन्कार गरेको बताइएको छ।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्