उपत्यकामा दशैंको समयमा १० जनाको मृत्यु



०२ कार्तिक २०७६, काठमाडौं

काठमाडौं उपत्यकाभित्र यस वर्षको दशैंमा सवारी दुर्घटनामा १० जनाले ज्यान गुमाएका छन्।

महानगरीय ट्राफिक प्रहरीका अनुसार घटस्थापनादेखि पूर्णिमासम्म ३५० सवारी दुर्घटनामा १० ले ज्यान गुमाएका हुन्। यस्तै १४ गम्भीर घाइते र ३०४ सामान्य घाइते भएका जानकारी प्रहरीले दिएको छ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले तीव्रगति र चालकको लापरवाहीका कारण धेरै दुर्घटना भएको बताए। गत वर्षको दशैंको समयमा २८५ सवारी दुर्घटनामा १३ ले ज्यान गुमाएका थिए भने आठ गम्भीर घाइते तथा २०२ सामान्य घाइते भएका थिए ।

महाशाखाले यस वर्षको दशैँको समयमा ट्राफिक नियम उलङ्घन गर्ने १४ हजार ९११ सवारी साधनलाई कारबाही पनि गरेको छ।

प्रतिक्रिया दिनुहोस्