एनआरएनए अध्यक्षमा कुमार पन्त : अधिकांश निर्वाचित पन्त प्यानलकै (सूचीसहित)



०१ कात्तिक २०७६, काठमाडौं

गैरआवासीय नेपाली संघ (एनआरएनए) को ९ औं विश्व सम्मेलन तथा महाधिवेशनबाट अध्यक्ष पदमा कुमार पन्तको प्यानल सहित सानदार विजयी भएको छ ।

कुल खसेको मत मध्ये अध्यक्षमा कुमार पन्तलाई १२१७ मत प्राप्त हुँदा निकटतम प्रतिद्वन्दी कुल आचार्यलाई १०७० मत प्राप्त भएको थियो । त्यसैगरी उपाध्यक्षहरुमा पन्त समूहकै डा. बद्री केसी (११६३), अर्जुन कुमार श्रेष्ठ (१०२६), सोनाम लामाले (८९८) मत प्राप्त गरे भने आचार्य समूहका मन केसीले ९६१ मत ल्याई उपाध्यक्षमा विजयी हासिल गरे ।

महिला उपाध्यक्षमा भने आचार्य समूहकी रबिना थापाले १२३२ मत ल्याउँदा पन्त समूहकी सपिला राजभण्डारीले ८६३ मत मात्र प्राप्त गरिन् । महासचिवमा पन्त समूहका डा. हेमराज शर्माले ११३९ मत ल्याई विजयी भए भने उनकी प्रतिद्वन्दी जानकी गुरुङले १०५३ मत प्राप्त गरिन् ।

सचिवमा पन्त समूहकै गौरीराज जोशीले ९१६ र आरके शर्माले ८६८ मत प्राप्त गरी विजयी भए ।

कोषाध्यक्ष र सह–कोषाध्यक्षमा पन्त समूहकै महेश कुमार श्रेष्ठ १६५३ र लोक प्रसाद दाहाल ११८४ मत ल्याई विजयी भए ।

महिला संयोजकमा आचार्य समूहकी भोमादेवी लिम्बूले ७०२ मत ल्याई विजयी भईन भने पन्त समूहकी संगीता मरहट्टा शर्माले ६५२ मत ल्याईन् । यसैगरी युवा संयोजकमा हिमाल गुरुङले ७६८ ल्याई विजयी हुँदा उनका प्रतिद्वन्दीहरु स्वतन्त्रप्रताप शाह ७३३ र सुदिप कार्कीले ६५५ मत प्राप्त गरे ।

क्षेत्रीय संयोजक र सह–संयोजकमा कुनै समूहले पनि आफ्नो प्यानल बनाएका थिएनन् । निर्वाचित हुने क्षेत्रीय संयोजक र सह–संयोजकको नामावली :

एशिया प्रशान्त संयोजक : गोविन्द श्रेष्ठ (रोबिन्द)
एशिया क्षेत्रीय उप–संयोजक : खगेन्द्र न्यौपाने
एशिया क्षेत्रीय उप–संयोजक : पारसमणि पोखरेल
एशिया क्षेत्रीय महिला संयोजक : अमृता थापा
एशिया क्षेत्रीय युवा संयोजक : दिपक प्रसाद कँडेल (निर्विरोध)

अमेरिकाज क्षेत्रीय संयोजक : राजन त्रिपाठी
अमेरिकाज क्षेत्रीय उप–संयोजक : राम सी पोखरेल
अमेरिकाज महिला संयोजक : उमा कार्की थापा
अमेरिकाज क्षेत्रीय युवा संयोजक : विमला सापकोटा (निर्विरोध)

मध्यपूर्व क्षेत्रीय संयोजक : प्रविण गुरुङ (निर्विरोध)
मध्यपूर्व क्षेत्रीय उप–संयोजक : मनोज कुमार श्रेष्ठ (निर्विरोध)
मध्यपूर्व क्षेत्रीय उप–संयोजक : राजेन्द्र अर्याल (निर्विरोध)
मध्यपूर्व क्षेत्रीय महिला संयोजक : सुमित्रादेवी पौडेल (निर्विरोध)
मध्यपूर्व क्षेत्रीय युवा संयोजक : राजु रेग्मी (निर्विरोध)

ओसेनिया क्षेत्रीय संयोजक : होमनाथ पाण्डे
ओसेनिया क्षेत्रीय उप–संयोजक : नविन कँडेल
ओसेनिया क्षेत्रीय महिला संयोजक : जानकी पौडेल
ओसेनिया क्षेत्रीय युवा संयोजक : राजकुमार थपलिया

युरोप क्षेत्रीय संयोजक : नारायणप्रसाद आचार्य-२७४ (पुर्नगणनाको माग गरिएको)
युरोप क्षेत्रीय संयोजक : सन्तोष कुमार भट्टराई-२७१ (पुर्नगणनाको माग गरिएको)
युरोप क्षेत्रीय उप–संयोजक : मुक्त बहादुर गुरुङ
युरोप क्षेत्रीय उप–संयोजक : कृष्णप्रसाद तिमल्सिना
युरोप क्षेत्रीय उप–संयोजक : शुक्रराज न्यौपाने
युरोप क्षेत्रीय महिला संयोजक : कुमारी योगिता थापा (निर्विरोध)
युरोप क्षेत्रीय युवा संयोजक : जयकृष्ण ठाकुर (निर्विरोध)

अफ्रिका संयोजक : रोशन थापा (निर्विरोध)
अफ्रिका क्षेत्रीय उपसंयोजक : उम्मेदवारी नपरेको
अफ्रिका क्षेत्रीय संयोजक महिला : मनकला थापा बिष्ट (निर्विरोध)
अफ्रिका युवा संयोजक : उम्मेदवारी नपरेको

यो पनि पढ्नुहोस्

एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी

को हुन् -कुमार पन्त ? जसले एनआरएन चुनावमा क्लिन स्वीप गर्दै छन् !

पछिल्लो मत परिणाम : एनआरएनए चुनावमा अध्यक्ष पन्तको जित पक्का

एनआरएनए अमेरिकाज क्षेत्रीय संयोजकमा पन्त समूहका राजन त्रिपाठी विजयी : अध्यक्षमा आचार्य १५ मतले अगाडि

एनआरएनए निर्वाचनको मतगणना नहुँदै अध्यक्षका प्रत्यासी कुमार पन्तलाई बधाई दिनेको भिड (फोटो फिचर)

एनआरएनए निर्वाचनमा ९१ प्रतिशत मत खस्यो : मतगणना शुरु हुँदै

एनआरएनए चुनावः उम्मेदवारहरु प्रचार–प्रसारमा व्यस्त(फोटो फिचर)

एनआरएनए चुनावः पानीमा मतदान

अध्यक्षका प्रत्यासी कूल आचार्य बेलायतमै पछाडि

एनआरएनए निर्वाचन मत सर्वेक्षण: कुमार पन्तलाई अमेरिका ६० र क्यानडाबाट ८० प्रतिशत मतदान हुने दावी

एनआरएनए निर्वाचन मत सर्वेक्षण: अष्ट्रेलिया ओसेनीया ६० प्रतिशत

एनआरएनए निर्वाचन मत सर्वेक्षण: मध्यपूर्वमा कुमार पन्तलाई ७० प्रतिशत मत खस्ने

कडा सुरक्षा घेराबीच एनआरएनएको मतदान सुरु(तस्वीरमा हेर्नुस्)

कुमार पन्त टिमको महिला संयोजकमा बेलायतबाट संगीता मरहट्टा

कुमार पन्तको पक्षमा उर्लियो जनसागर (फोटो फिचर)

मतदाताहरुलाई अध्यक्षका प्रत्यासी कुमार पन्तको अपिल

अधिकाँस काँग्रेस प्रतिनिधि कुमार पन्तको समूहमा, रामचन्द्र पौडेलको कारण कुल आचार्यले हार बेहोर्दै

कुमार पन्त समूहबाट कोषाध्यक्षका प्रत्यासी कुमार श्रेष्ठको लोभलाग्दो माहोल

मध्यपूर्वको नेतृत्व गर्दै कुमार पन्त समूहबाट सचिवमा आरके शर्मा ६ बूँदे प्रतिवद्धता सहित चुनावी मैदानमा

कुमार पन्तको माहोल देखेर चरित्र हत्याको प्रयास गरेकोमा एनआरएनए अध्यक्ष न्यौपानेद्वारा दु:ख ब्यक्त

एनआरएनए ९ औं विश्व नेपाली सम्मेलनमा कुमार पन्तको प्रमुख टिम घोषणा

एनआरएनएको नवौँ विश्व नेपाली सम्मेलनमा राष्ट्रपतिद्वारा नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन आव्हान

एनआरएनए विश्व सम्मेलन काठमाडौंमा : अध्यक्षमा पन्त र आचार्यको दावी

१६ बुँदे प्रतिबद्धता सहित सचिवमा जिताउन विनय अधिकारीको अपिल

एनआरएनए स्पोर्टस् एकेडेमी घोषणा तथा सचिवालय गठन

कुमार पन्त टिममा अमेरिकाबाट सोनाम लामा उपाध्यक्ष

कुमार पन्त टिममा युरोप उप–संयोजकमा नवराज रोस्यारा

कुमार पन्त टिममा युरोप संयोजकमा सन्तोष कुमार भट्टराई

कुमार पन्त टिमको सचिवमा अमेरिकाबाट गौरी राज जोशी

कुमार पन्त टिमको उपाध्यक्षमा रसियाबाट डा. बद्री केसी

एनआरएनए विश्व सम्मेलनका लागि नाम दर्ता सुरु

नवौं गैरआवासीय नेपाली विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा

प्रतिक्रिया दिनुहोस्