ट्रम्पको पत्र टर्कीका राष्ट्रपतिले डस्टबीनमा मिल्क्याए



०१ कात्तिक २०७६, काठमाडौं

टर्कीका राष्ट्रपति रिसेप तायीप एर्डोगनले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको पत्र डस्टबीनमा मिल्क्याएका छन्।

यही ९ अक्टोबरमा अमेरिकी राष्ट्रपति ट्रम्पले एर्डोगनलाई सिरिया युद्धबारे पत्र पठाएका थिए। पत्रमा टर्कीलाई युद्ध विरामका लागि आग्रह गर्दै एर्डोगनलाई अनुरोध गरेका थिए, ‘कठिन नबन!, मुर्ख नबन!’

‘हामी मिलेर राम्रो काम गरौं, तपाईँ हजारौं मानिस मार्ने कामको जिम्मेवार बन्न चाहनुहुन्न। र म टर्कीको अर्थतन्त्र नष्ट गर्न जिम्मेवार बन्न चाहन्नँ।’ ट्रम्पले पत्रमा लेखेका थिए।

ट्रम्पले एर्डोगनलाई उत्तरी सिरिया सैनिक कारबाही नगर्न भन्दै पत्र पठाएका हुन्। यससँगै उनले टेलिफोनमार्फत् पनि युद्धविराम गर्न आग्रह गर्दैआएका थिए। एर्डोगनले भने ट्रम्पको आग्रह विपरीत आफ्ना सेना सिरियामा पठाएका थिए।

बीबीसीका अनुसार उनले ट्रम्पको आग्रह इन्कार गर्दै पत्र डस्टबीनमा फालेका हुन्। अमेरिकी सरकारले भने आफ्ना विदेशमन्त्री माइक पोम्प्योलाई युद्धविरामको पहल गर्न भन्दै अंकारा पठाएको छ।

एर्डोगनले उक्त पत्र पूरै इन्कार गर्दै डस्टबीनमा फालेका बीबीसीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्