यूरिक एसिड बढेका व्यक्तिहरुले यी कुरामा ध्यान पुर्याउनुहोस्



०१ कार्तिक २०७६, काठमाडौं

यूरिक एसिड रगतमा पाईने एउटा महत्वपूर्ण तत्व हो।

हाम्रो शरिरमा एन्टिअक्सिडेन्टको काम पनि गर्दछ। जुन एक प्रकारको बाथ भनेर पनि चिनिन्छ।

चिकित्सकहरुका अनुसार, यूरिक एसिड शरिरमा बढी वा कम हुनाले  अनेकौं स्वास्थ्य समस्याहरु उत्पन्न हुन्छन्।

त्यसैले, यूरिक एसिड बढेका व्यक्तिहरुले यी कुराहरुमा ध्यान दिन आवश्यक हुन्छः

–प्रशस्त मात्रामा पानी पिउनुहोस्।

–रातो मासु नखाने जस्तैः खसी, राँगा वा भित्री मासु कलेजो, मृगौला, गिदी आदि।

–दैनिक ४५ मिनेट देखि १ घण्टासम्म हलुका पसिना आउने गरी हिड्नुहोस्।

–योगासन, प्राणायाम गर्ने जस्तैः सूर्य नमस्कार, कपालभाती, भस्त्रिका, अनुलोभ विलोम इत्यादि।

–दाल, गेडागुडी, कुरिलो, सिसिको अचार, गोलभेंडा, तामा जस्ता परिकारको उपभोग कम गर्नुहोस्।

–जंकफुड तथा बेकरी उत्पादनको प्रयोग कम गर्ने जस्तैः मःम, चाउचाउ, केक, बिस्कुट इत्यादि।

–मदिरापान, धूमपान, सूर्तिजन्य पदार्थ सेवन नगर्ने जस्तैः चूरोट, रक्सी, पान, जर्दा, सूर्ती, खैनी, इत्यादि।

प्रतिक्रिया दिनुहोस्