उच्च रक्तचाप भएका व्यक्तिहरुले यसो गर्नुहोस्…………



०१ कार्तिक २०७६, काठमाडौं

उच्च रक्तचाप मानसिक तनावग्रस्त आधुनिक जीवनशैलीको परिणाम हो। अत्ति व्यस्त जीवनशैलीसँगै उच्च आकांक्ष, असन्तोष, अत्यधिक कार्यबोझ इत्यादिले रक्तचाप बढाउँछ।

रक्तचाप उच्च भएमा हृदयाघात, स्ट्रोक, मृगौला फेललगायतका समस्या उत्पन्न हुन्छ। जब शरिरमा रगतको दवाव १२०/८० एमएम एचजी भन्दा उच्च हुन्छ तब व्यक्तिलाई उच्च रक्तचापको समस्या भएको मानिन्छ।

चिकित्सका अनुसार शरिरमा हुने सामान्यभन्दा बढी रक्तचापलाई उच्च रक्तचाप मानिन्छ। विश्व स्वास्थ्य संगठनका अनुसार माथिको प्रेसर (सिस्टोलिक) १४० भन्दा बढी र तलको प्रेसर (डायस्टोलिक) ९० भन्दा बढी भएमा त्यसलाई उच्च रक्तचाप मानिन्छ।

डायस्टोलिक ६० देखि ९० सम्म र सिस्टोलिक ११० देखि १४० सम्म छ भने त्यो सामान्य हो। यो मापदण्डभन्दा बढी भएमा उच्च रक्तचाप र थोरै भएमा कम रक्तचाप हो।

आज हामी तपाईहरुलाई उच्चरक्तचाप बढेको समयमा केके गर्नुपर्छ? भन्ने बिषयमा केही जानकारी दिदैछौं।

उच्चरक्तचाप बढेको बेला ध्यान पुर्याउनुहोस् यी खानपानमाः

–मोटोपना घटाउनुहोस्।

–नून र चिल्लो पदार्थको सेवन कम गर्ने गर्नुहोस्।

–दैनिक ३० मिनेट देखि १ घण्टा हलुका पसिना आउने गरी हिड्नुहोस्।

–धूम्रपान, मद्यपान र सूर्तिजन्य पदार्थको सेवन नगर्ने जस्तैः रक्सी, चूरोट, खैनी, सूर्ती इत्यादिबाट टाढै रहनुहोस्।

–गहुँ, मकै, कोदो, फापर, गेडागुडी जस्ता रेसादार युक्त परिकार खाने गर्नुहोस्।

–प्रत्येक दिन फलफूल खाने गर्नुहोस्।

–ध्यान, योगासन, प्राणायाम नियमित रुपमा गर्नुहोस्।

–नरिसाउने, क्रोधित नहुने, उत्तेजनामा नआउने।

–गाजर, मूला, बन्दा, चुकन्दर, काँक्रो, टमाटर इत्यादि मिसाएको सलाद दैनिक खाने गर्नुहोस्।

प्रतिक्रिया दिनुहोस्