म्यानमारका राष्ट्रपति मिन्टले समकक्षी भण्डारीलाई चप्पलमै भेटे(तस्वीरमा हेर्नुस्)



०१ कात्तिक २०७६, काठमाडौं

चारदिने राजकीय भ्रमणका लागि म्यानमार पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई स्वागत गर्न त्यहाँका राष्ट्रपति विन मिन्ट चप्पल र धोती जस्तो देखिने पहिरनमै देखिएका छन्।

नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी र म्यानमारका राष्ट्रपति विन मिन्टसँगै देखिएको विभिन्न तस्वीरमा पनि राष्ट्रपति मिन्ट चप्पलमा देखिएका छन्।

कूटनीतिक हिसाबमा नेपालमा भने विदेशी पाहुनालाई स्वागत गर्दा होस् या विदाइ गर्दा, फर्मल पहिरन लगाइने चलन छ। अझ त्यसमा जुत्ता त अनिवार्य नै छ।

हालै चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आउँदा तुनावाला जुत्ता अनिवार्य गरिएको थियो। उनको भ्रमणको रिपोर्टिङ गर्ने पत्रकारहरूलाई समेत ‘ड्रेस कोड’लागू गरिएको थियो ।

तर म्यानमारमा यसो भएन। त्यो उनीहरूकै शैली र चलन पनि हुन सक्छ।

एजेन्सीको सहयोगमा।

प्रतिक्रिया दिनुहोस्