‘तत्कालका लागि मन्त्रीमण्डल फेरबदल हुँदैन’



०१ कात्तिक २०७६, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीमण्डल तत्काल फेरबदल नहुने बताएका छन्।

शुक्रबार बिहान धनगढीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले तत्कालका लागि मिडियामा चर्चा भएअनुसार मन्त्रीमण्डल पुनर्गठनको सम्भावना नरहेको बताएका हुन्।

‘यति जना मन्त्री फेरिने भए रे, यी यी आउन थाले रे भनेर व्यापक हल्ला फैलिएको छ, त्यसमा कुनै सत्यता छैन, हामीले त्यस्तो कुनै चर्चा गरेका छैनौं।’प्रचण्डले भने।

सरकार फेरबदलको कुरा प्रधानमन्त्री केपी शर्मा ओलीमा भर पर्ने भएकोले यो प्रश्न आफूलाई नगर्न पनि पत्रकारलाई आग्रह गरे। ‘सरकार फेरबदलको कुरा के हो?’, उनले भने ‘यो प्रश्न मलाई नसोधिदिए हुन्थ्यो भन्ने लाग्छ, यसमा ओलीजीले जे चाहनुहुन्छ त्यही हुन्छ।’

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्