पछिल्लो मत परिणाम : एनआरएनए चुनावमा अध्यक्ष पन्तको जित पक्का



०१ कार्तिक २०७६, काठमाडौं

गैर आवासीय नेपाली संघ (एनआरएनए)को काठमाडौंको होटल हायातमा भएको निर्वाचनको पछिल्लो मत परिणाम अनुसार अध्यक्षमा कुमार पन्त ७८ मतले प्रत्यासी कुल आचार्य भन्दा बढि मतले अग्रता लिएका छन् ।

निर्वाचन आयोगबाट परिवर्तन खबरलाई प्राप्त जानकारी अनुसार ९६ मत गन्न बाँकी रहदा पन्तले ७८ मतले अग्रता लिएका हु्न् ।

मध्यपूर्व एशियामा कुमार पन्तको पक्कड राम्रो भएकोले मतान्तर १०० हाराहारीमा हुने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्