एनआरएनए अमेरिकाज क्षेत्रीय संयोजकमा पन्त समूहका राजन त्रिपाठी विजयी : अध्यक्षमा आचार्य १५ मतले अगाडि



०१ कार्तिक २०७६, काठमाडौं

गैर आवासीय नेपाली संघ (एनआरएनए)को काठमाडौंको होटल हायातमा भएको निर्वाचनको मत परिणाममा अमेरिकाज क्षेत्रबाट पन्त समूहका राजन त्रिपाठी विजयी भएका छन् ।

प्राप्त मत परिणाम अनुसार क्षेत्रीय संयोजकमा राजन त्रिपाठीले १५४ र उनका प्रतिद्वन्दी डा. विनोद प्रसाद शाहले १०१ मत प्राप्त गरेका छन् । यसैगरी क्षेत्रीय उपसंयोजकमा आरसी पोख्रेलले १५० मत प्राप्त गरी  विजयी भए भने उनका प्रतिद्वन्दी अभिमन्य बस्नेतले १०२ मत प्राप्त गरे ।

अमेरिकाज क्षेत्रको महिला उपसंयोजकमा उमा कार्की थापाले १४४ मत प्राप्त गरी विजयी भईन् भने उनकी प्रतिद्वन्दी राधाकुमारी पौड्यालले १०६ मत प्राप्त गरीन् ।

यसैगरी अध्यक्षमा भने कुल आचार्यको १३५ र कुमार पन्तको १२० मत खसेको छ । उपाध्यक्षमा शोनाम लामा १५१, डा. बद्री केसी ११५, डा. केशव पौडेल १७०, मन केसी ९३, अर्जुन कुमार श्रेष्ठ ५६, धर्मराज अधिकारी ६१, हिक्मत बहादुर थापा ६४ र नरेन्द्र बहादुर भाटले ६९ मत प्राप्त गरेका छन् ।

महासचिवमा डा. हेमराज शर्माले १३१ मत ल्याउदा प्रतिद्वन्दी जानकी गुरुङले ११९ मत प्राप्त गरिन् । सचिवमा गौरीराज जोशीले १९४, अभिमानशिंह बस्नेत ७७ र आरके शर्मा ७४ मत प्राप्त गरेका छन् ।

कोषाध्यक्षमा महेश कुमार श्रेष्ठले १७८ मत ल्याउदा सुदन थापाले ७१ मत प्राप्त गरे भने सहकोषाध्यक्षमा लोक प्रसाद दाहालले १४१ र गोविन्द प्रसाद गौतमले ८८ मत प्राप्त गरेका छन् ।

महिला संयोजकमा संगिता मरहट्टा शर्माले ९१ र भूमादेवी लिम्बुले ६५ मत प्राप्त गरेकी छन् ।

युवा संयोजकमा हिमाल गुरुङ १०४, स्वतन्त्र प्रताप शाह ९५ र सुदिप कार्कीले ४४ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्