एनआरएनए निर्वाचनमा ९१ प्रतिशत मत खस्यो : मतगणना शुरु हुँदै



३० असोज २०७६, काठमाडौं

गैर आवासीय नेपाली संघको काठमाडौंको हायात होटलमा सम्पन्न मतदानमा जम्मा २५ सय ७० मत मध्ये २३ सय ४० मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

खसेको जम्मा मत मध्ये अमेरिका २६१, युरोप ९२०, मध्यपूर्व ४७०, ओसिनिया २१५, एशिया प्यासेफिक ४६२ र अफ्रिकाबाट १६ जनाले मतदान गरेका छन् ।

आज बिहान १०ः३० बजेबाट शुरुभएको मतदान प्रक्रिया करिव ७ बजे साँझ सकिएको थियो । ९ बजेबाट मत गणना शुरु गर्ने भनिएकोमा आचार संहिता निर्माणको कारण राति १०ः१५ बजे सम्म शुरुहुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्