‘ब्लडप्रेसर लो’ भएमा यसो गर्नुहोस्



३० असोज २०७६, काठमाडौं

ब्लड प्रेसर लो भएका बिरामीहरुले आफ्नो खानेकुरामा निकै ध्यान दिनुपर्दछ। खानपानले नै ब्लडप्रेसरलाई सन्तुलित राख्न मदत गर्दछ।

सामान्यतयाः यदि कसैको लो ब्लड प्रेसर छ भने त्यस्ता व्यक्तिले इन्सुलिन बढाउनका लागि गुलियो खानेकुराहरु खाने गर्दछन्।

त्यसैले ब्लड प्रेसर लो भएको व्यक्तिले कस्तो प्रकारको खानपान गर्ने?

जसको बिषयमा यी जानकारी तपाईहरुका लागिः


बदामः

बदामले तपाईँको उर्जा र प्रतिरोध क्षमतालाई बृद्धि गर्ने गर्न मदत गर्दछ। यसका साथै रक्तचापलाई नियमित गर्ने गर्दछ त्यसकारण यसलाई दैनिक आहारमा समावेश गर्नुहोस्।

हरियो सागसब्जीः

हरियो सागसब्जीमा आइरन पाउने भएकाले जुन मानव शरिरका लागि अत्यावश्यक खनिज पदार्थ हो।

ब्लड प्रेसरलाई सामान्य बनाउनका लागि यो निकै महत्वपूर्ण हुने गर्दछ। सागसब्जीमा प्रोटिन र भिटामिन पाईन्छ। ब्लडप्रेसरलाई सामान्य बनाइराख्नका लागि प्रत्येक दिन सागसब्जी खाने बानी गर्नुहोस्।

डार्क चक्लेटः

डार्क चक्लेटले मुटुको रोगी र कम ब्लड प्रेसर भएका बिरामीहरुका लागि निकै राम्रो मानिन्छ।

बोसो नभएको मासुः

बोसो नभएको मासुको सेवन गर्नुहोस् जसमा बोसोको मात्रा कम हुन्छ।

जो व्यक्तिको कम रक्तचापको समस्या छ उनीहरुका लागि टर्की, चिकन र माछाजस्ता पदार्थको सेवन गर्न उचित हुन्छ। यो कम रक्तचापका लागि सर्वोत्तम आहार हो।

लसुनः

लसुनलाई आफ्नो आहारमा समावेश गर्ने मानिसहरुको रक्तचाप सामान्य हुने गर्दछ।

कतिपयः मानिसहरुको हाइ ब्लड प्रेसर हुन्छ त कसैको लो ब्लड प्रेसर। यो दुवै अवस्था स्वास्थ्यको दृष्टिले हेर्ने हो भने कदापी राम्रो मानिदैन।

ब्लड प्रेसरलाई नर्मल बनाउनका लागि हामीले आफ्नो खानालाई सन्तुलित बनाउनु जरुरी पर्ने चिकित्सकहरु सुझाव दिन्छन्।

अमिलो खाद्य पदार्थः

गर्मीमा अमिलो खाद्य पदार्थ जस्तो सुन्तला, अमाला इत्यादि स्वास्थ्यका लागि निकै राम्रो हुने गर्दछ। किनभने यसमा पानी र एसिड दुबै पाइने हुनाले कम रक्तचाप भएका बिरामीहरुको शरिरमा उर्जा निर्माण गर्न सहयोग गर्ने गर्दछ ।

गहुँः

मैदाको तुलनामा गहुँ स्वास्थ्यको लागि निकै राम्रो मानिन्छ। कम रक्तचापलाई सामान्य बनाउनका लागि यसको प्रयोग गर्नु लाभदायक हुने गर्दछ भने स्वास्थ्यको दृष्टिकोणले पनि उत्कृष्ट साबित हुन्छ।

फलफूलः

फलफूलको सेवन गर्नुहोस् जसमा प्रोटिनको मात्रा बढि हुन्छ। यो यस्तो फल हो, जसले रक्तचापका बिरामीका लागि निकै फाईदाजनक हुन्छ।

कालो खाद्य पदार्थः

कालो अंगुर, कालो छोगडा आदि खाद्य पदार्थमा आइरनको मात्रा अत्यधिक हुने गर्दछ।

यी सबै पदार्थ कम रक्तचापलाई सामान्य बनाउनका लागि निकै उपयोगी हुने गर्दछ। यसलाई आहारमा समावेश गर्दा रक्तचापका साथै मुटुलाई पनि स्वस्थ राख्ने गर्दछ।

प्रतिक्रिया दिनुहोस्