उपप्रधान एवं रक्षामन्त्री पोखरेल चीन उडे



३० असोज २०७६, काठमाडौं

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल चीन प्रस्थान गरेका छन्।

उनी चीनको उहानमा हुने सातौं विश्व सैन्य खेलकूद प्रतियोगिता र बेइजिङमा हुने ‘बेइजिङ स्याङ्ग्सन फोरम’मा भाग लिन बिहीबार त्यसतर्फ प्रस्थान गरेका हुन्।

पोखरेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्रालयका सचिव रेश्मीराज पाण्डे, नेपाली सेना रथी शरद गिरी लगायतले बिदाइ गरेका थिए।

इन्टरनेशनल मिलिटरी स्पोर्टस् काउन्सिल (सिआइएसएम) ले प्रत्येक चार वर्षमा गर्ने यो प्रतियोगितामा नेपाली सेनाले पहिलोपटक भाग लिएको छ।

शुक्रबार उद्घाटन हुने प्रतियोगितामा भाग लिन बुधबार राति नेपाली खेलाडी त्यहाँ पुगिसकेका छन्। प्रतियोगितामा नेपालले १३ खेलमा भाग लिएको छ।

स्याङ्ग्सन फोरम आगामी २१ अक्टोबरदेखि २२ सम्म चल्नेछ। मन्त्री पोखरेल आगामी ६ कात्तिकमा स्वदेश फर्किने छन्।

प्रतिक्रिया दिनुहोस्