यूएई क्रिकेटः कप्तानसहित ३ खेलाडीलाई प्रतिबन्ध



३० असोज २०७६, काठमाडौं

यूनाइटेड अरब इमिरेट्स(यूएई)का कप्तान मोहमद नाभिदसहित ३ खेलाडीमाथि प्रतिबन्ध लगाइएको छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले म्याच फिक्सिङको आरोपमा कप्तान नाभिदसहित शाइमन अनवर र क्वाडर अहमेदलाई प्रतिबन्ध लगाएको हो।

आइसीसीले बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै तत्काल लागू हुनेगरी निलम्बन गरेको उल्लेख गरेको छ। फिक्सिङसँगै भ्रष्टाचार सम्बन्धि १३ नियम उल्लंघन गरेका कारण निलम्बन गरेको आइसीसीले जनाएको छ।

यूएईमा शुक्रबारबाट टि–२० विश्वकप छनौटअन्तर्गत अन्तिम चरणको ग्लोबल छनौट हुँदैछ।

प्रतिक्रिया दिनुहोस्