एनआरएनए चुनावः उम्मेदवारहरु प्रचार–प्रसारमा व्यस्त(फोटो फिचर)



२९ असोज २०७६, काठमाडौं

गैर आवासीय नेपाली संघ (एनआरएनए)को नयाँ नेतृत्व चयनका लागि आज चुनाव हुँदै छ।

मतदानको पूर्वसंध्यामा उम्मेदवारले चुनावी प्रचार–प्रसारलाई तीव्रता दिइरहेका छन्। मतदान बुधबार साँझ ५ बजेबाट हुँदै छ।

काठमाडौंस्थित होटल हायातमा नयाँ नेतृत्व चयनका लागि एनआरएनएका अध्यक्ष पदका प्रत्यासीद्धय कुमार पन्त र कूल आचार्यले आफ्नो छुट्टै टोली बनाएर चुनावी प्रचार अभियानलाई तीव्रता दिएका हुन्।

सत्तारुढ नेकपा निकट मानिएका अध्यक्षका उम्मेदवार पन्तले एनआरएनएको सदस्यता निःशुल्क वितरण गर्ने विषयलाई मुख्य एजेन्डा बनाएका छन्।

यस्तै अर्का उम्मेदवार आचार्यले विश्वका विभिन्न मुलुकमा छरिएर रहेका गैरआवासीय नेपालीहरुलाई राहत दिन छुट्टै ‘पसिना कोष’ स्थापना गर्ने विषयलाई मुख्य एजेन्डाको रुपमा अघि सार्नु भएको छ ।

अहिले निर्वाचनका लागि मतदानको तयारी भइरहेको छ। निर्वाचनमा भाग लिनका लागि ८१ देशबाट २५६२ मतदाताहरुको सहभागिता रहेको छ।

प्रतिक्रिया दिनुहोस्