एनआरएनए चुनावः चुनावी मैदानमा पन्त र आचार्य प्यानलबीच भिडन्त



२९ असोज २०७६, काठमाडौं

गैर आवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि आज चुनाव हुँदै छ।

बुधबार काठमाडौंस्थित हायात होटलमा हुने चुनावमा नवौं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनअन्तर्गत ४२ पदका लागि  मतदान हुने भएको हो।

चुनावका लगि मनोनयन दर्ता बुधबार मध्यान्ह १२ बजेसम्म तोकिएको थियो। साँझ ५ बजे देखि राति १० सम्म एनआरएनए महाधिवेशन प्रतिनिधिहरूले विद्युतीय मतदान गर्नेछन्।

मतदान सकिएको १ घण्टाभित्रै नतिजा सार्वजनिक हुने बताइएको छ।

संघको नयाँ नेतृत्वका लागि वर्तमान उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्य प्यानलसहित चुनावी मैदानमा छन्। अध्यक्ष पदका उम्मेद्वार आचार्य पश्चिम नेपाल पर्वतका हुन् भने पन्त गोर्खाका हुन्।

आचार्यको बेलायत तथा पोर्चुगलमा चेन रेष्टुराँको व्यवसाय छ भने पन्त जर्मनीको आर्थिक राजधानी फ्रैंकफर्टलाई आधार बनाएर होटल तथा रेष्टुराँ व्यवसाय संचालन गर्दै आएका छन्।

 

प्रतिक्रिया दिनुहोस्