कुमार पन्तको पक्षमा उर्लियो जनसागर (फोटो फिचर)



२९ असोज २०७६, काठमाडौं

काठमाडौंमा जारी गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन तथा महाधिवेशनमा अध्यक्षका प्रत्यासी कुमार पन्तको उम्मेदवारी मनोनयनपछि उनका पक्षमा समर्थकहरु उर्लिएका थिए ।

काठमाडौंका हायातमा भईरहेको मनोनयनपछि आज बेलुका मतदान हुँदैछ । कुल २५६२ मतदाता रहेको यो अधिवेशनमा समावेशी र सर्वपक्षीय सन्तुलन मिलाईएको हुँदा उनको पक्षमा अधिकांश प्रतिनिधि लागेको देखिन्छ ।

मनोनयनपछि समर्थकहरुलाई सम्बोधन गर्दै पन्तले भने, ‘मैले जारी गरेको प्रतिबद्धता पूर्ण रुपमा लागू गर्छु र एनआरएनलाई राजनीतिबाट मुक्त राख्दै सबै प्रवासी नेपालीहरुलाई समेट्ने प्रयास गर्नेछु ।’

 

प्रतिक्रिया दिनुहोस्