कुमार पन्त टिमको उपाध्यक्षमा रसियाबाट डा. बद्री केसी



२९ असोज २०७६, काठमाडौं

काठमाडौंमा जारी गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन तथा महाधिवेशनमा अध्यक्षका प्रत्यासी कुमार पन्तको टिमबाट रसियाको प्रतिनिधित्व गर्दै उपाध्यक्षमा डा. बद्री केसीले उम्मेदवारी दिएका छन् ।

स्थापना कालदेखि नै एनआरएन अभियानमा सक्रिय केसीले संघको विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका छन् । संघको अन्तर्राष्ट्रिय समितिमा एक कार्यकाल कोषाध्यक्ष भएका केसीले दुई कार्यकाल महासचिवको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेका छन् ।

बायोटेकमा विद्यावारिधि गरेका केसी अध्यक्षका प्रत्यासी कुमार पन्तले प्रतिबद्धता जाहेर गरेको घोषणा पत्रलाई हुबहु कार्यान्वयन गर्ने पक्षमा रहेका छन् ।

यो पनि पढ्नुहोस् :

कुमार पन्त टिममा अमेरिकाबाट सोनाम लामा उपाध्यक्ष

कुमार पन्त टिममा युरोप उप–संयोजकमा नवराज रोस्यारा

कुमार पन्त टिममा युरोप संयोजकमा सन्तोष कुमार भट्टराई

कुमार पन्त टिमको सचिवमा अमेरिकाबाट गौरी राज जोशी

प्रतिक्रिया दिनुहोस्