कुमार पन्त टिमको सचिवमा अमेरिकाबाट गौरी राज जोशी



२९ असोज २०७६, काठमाडौं

काठमाडौंमा जारी गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन तथा महाधिवेशनमा अध्यक्षका प्रत्यासी कुमार पन्तको टिमबाट अमेरिकाको प्रतिनिधित्व गर्दै सचिवमा गौरी राज जोशीले उम्मेदवारी दिएका छन् ।

सन् २००७ बाट एनआरएन अभियानमा क्रियाशील जोशीले एनआरएनमा अमेरिकाज क्षेत्रीय संयोजक भएर आफ्नो जिम्मेवारी पुरा गरिसकेका छन् ।

एनआरएनमा रहँदा सिस्टममा काम गर्न मन मन पराउने जोशीले सिस्टम बसाउन योगदान गरे । आइटी क्षेत्रको लामो अनुभव भएका र दक्षतालाई अनलाइन र सिस्टमेटिक संस्था बनाउन लागिपरे ।

नेपालमा एनआरएनएका परियोजनाहरु सञ्चालनका लागि ऋण खोजेर उपलब्ध गराउने मनकारी गौरी संस्थामा बसेर आफूले केही पाऊँ भन्दा पनि समाजको लागि योगदान रुचाउँछन् ।

जोशीले केही समयअघि मात्र संस्थागत विकासका लािग एनआरएनलाई १ करोड सहयोग उपलब्ध गराएका थिए ।

आईटी क्षेत्रको आफ्नो दक्षतालाई संघको संस्थागत विकासमा खर्चिने योजना बनाएका उनी एनआरएनए भिजन २०२० एण्ड बियोण्डलाई योगदान गर्न लागि पर्ने बताउँछन् ।

करोडभन्दा बेसी नेपाली रुपैयाँ खर्च भइसकेको छ । आफूले जुनखाले संघर्ष गौरीले गरेका थिए, उनी त्यस्तै संघर्षरत नेपालीलाई सहयोग गर्न चाख मान्छन् । त्यसैले आमा फाउन्डेसन खोलेका हुन् ।

यो पनि पढ्नुहोस् :

कुमार पन्त टिममा अमेरिकाबाट सोनाम लामा उपाध्यक्ष

कुमार पन्त टिममा युरोप उप–संयोजकमा नवराज रोस्यारा

कुमार पन्त टिममा युरोप संयोजकमा सन्तोष कुमार भट्टराई

 

प्रतिक्रिया दिनुहोस्