कुमार पन्त टिममा युरोप संयोजकमा सन्तोष कुमार भट्टराई



२९ असोज २०७६, काठमाडौं

काठमाडौंमा जारी गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन तथा महाधिवेशनमा अध्यक्षका प्रत्यासी कुमार पन्तको टिमबाट युरोपको प्रतिनिधित्व गर्दै क्षेत्रीय संयोजकमा सन्तोष कुमार भट्टराईले उम्मेदवारी दिएका छन् ।

बिगत लामो समय देखि जर्मनीको ह्याम्बर्गमा ब्यबसाय गर्दै आएका भट्टराई स्थानीय नेपाली माझ निकै सहयोगीको रूपमा परिचित छन् । उनले उम्मेदवारी घोषणा गर्दै लेखेका छन् –‘स्थापना भएपछिका समयमा पञ्जीकृत सदस्यहरू बढ़ेका छन्, सदस्य देशहरू बढेका छन्, हिजोका उदेश्यहरू परिस्कृत भएका छन्, उत्तरदायित्व बढेको छ, अपेक्षाहरू बढेका छन्, हाम्रो दक्षता बढेको छ, हाम्रो क्षमतामा अभिबृद्धि भएको छ, त्यसैले संस्थाको नेतृत्व गर्छु भन्नेको संख्या पनि बढेको छ ।’ भट्टराईले नेतृत्व गर्छु भन्नेको संख्या बढ्नु स्वभाविक प्रक्रिया हो भन्दै आफू पनि त्यसको एउटा हिस्सा भएको बताए ।

यो पनि पढ्नुहोस्

कुमार पन्त टिममा अमेरिकाबाट सोनाम लामा उपाध्यक्ष

कुमार पन्त टिममा युरोप उप–संयोजकमा नवराज रोस्यारा

प्रतिक्रिया दिनुहोस्