नेपाल, चीन र भारतको त्रिदेशीय साझेदारीको आधार बन्दैछः प्रचण्ड



२९ असोज २०७६, काठमाडौं

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल, चीन र भारतको त्रिदेशीय साझेदारीको आधार बन्दै गएको बताएका छन्।

दशैं, तिहार र छठ पर्वको अवसरमा नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा प्रचण्डले राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण सफल र ऐतिहासिक भएको बताए। यो भ्रमणका धेरै आयात छन्, त्यसको एउटा महत्वपूर्ण पक्ष त्रिदेशीय साझेदारीको आधार बनाउनु समेत भएको उनको भनाई छ।

राष्ट्रपति सी भारतमा गएर त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग एक दिन छलफल गरेर नेपाल आएका थिए। आफूले विगतमा त्रिदेशीय साझेदारीको वकालत गर्दै आएको स्मरण गर्दै उनले भने, अहिले त्रिदेशीय साझेदारीको आर्थिक रणनीतितिर जाने आधारहरु तयार हुँदै गरेको, राजनीतिक रुपले समझदारी बन्दै गरेको छ।’

प्रतिक्रिया दिनुहोस्