कुमार पन्त टिममा युरोप उप–संयोजकमा नवराज रोस्यारा



२९ असोज २०७६, काठमाडौं

काठमाडौंमा जारी गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन तथा महाधिवेशनमा अध्यक्षका प्रत्यासी कुमार पन्तको टिमबाट युरोपको प्रतिनिधित्व गर्दै क्षेत्रीय उप–संयोजकमा नवराज रोस्याराले उम्मेदवारी दिएका छन् ।

लामो समयदेखि एनआरएनए युरोप क्षेत्रमा सक्रिय रोश्याराले सन् २००९ देखि एनआरएनए अभियानमा सक्रिय छन् । सन् २०११ देखि एनआरएनए जर्मनीको सदस्य भएका उनी २०१३–२०१५ सम्म उपाध्यक्ष, २०१५–२०१७ मा एनआरएनए जर्मनीको अध्यक्ष भएर आफ्नो जिम्मेवारी पूरा गरिसकेका छन् ।

एनआरएनएको उद्देश्यमा इन्टिग्रेसनको मुद्दालाई स्थापित गर्ने अभियानमा जुटेका रोश्यारा विदेशीहरुसँग सहकार्यको अबधारणालाई अगाडी ल्याउनपर्ने मान्यता राख्दछन् ।

नेपालको विकासमा बिदेशी साथीहरुसँग मिलेर जती पनि सहयोग गर्न सकिने, हाम्रा राम्रा कुरा उनीहरुले सिक्ने, उनीहरुका राम्रा कुरा हामीले सिक्ने संस्कृतिको विकास गर्न सकेमा एनआरएनए सदस्यहरुलाई प्रत्यक्ष फाईदा पुग्ने धारणा राख्ने रोश्यारा सूचना प्रविधिको क्षेत्रमा संघलाई प्रविधिमैत्री बनाउने अभियानमा रहेका छन् ।

यो पनि पढ्नुहोस्

कुमार पन्त टिममा अमेरिकाबाट सोनाम लामा उपाध्यक्ष

कुमार पन्त टिममा युरोप संयोजकमा सन्तोष कुमार भट्टराई

 

प्रतिक्रिया दिनुहोस्