ससुरा हत्याको आरोपमा पक्राउ परे बुहारी



२९ असोज २०७६, काठमाडौं

मन्थली नगरपालिकाको १२ गेलुकी पार्वती अछामीलाई ससुराको हत्याको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

उनलाई ६५ वर्षका ससुरा डिकबहादुर अछामीको हत्या गरेको आरोपमा पक्राउ गरी मंगलबार जिल्ला अदालत रामेछाबाट म्याद थप गरेर अनुसन्धान सुरु गरेको प्रहरीले जानकारी दिएको हो।

आफ्नै घरमा डिकबहादुर मृत अवस्थामा रहेको भन्ने खबर पाएपछि प्रहरी टोली गई जाँच गर्दा उनको हत्या भएको हुन सक्ने आशंका अनुसन्धान सुरु गरिएको प्रहरीको भनाई छ।

अनुसन्धानको क्रममा कान्छी बुहारी पार्वतीले हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक रविभूषण यादवले जानकारी दिए। उनले दाउराको चिर्पट प्रहार गरि सुसुराको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको यादवले बताए।

घटनाबारे थप अनुसन्धान भइरहेको पनि उनले बताए।

प्रतिक्रिया दिनुहोस्