कुमार पन्त टिममा अमेरिकाबाट सोनाम लामा उपाध्यक्ष



२९ असोज २०७६, काठमाडौं

काठमाडौंमा जारी गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन तथा महाधिवेशनमा अध्यक्षका प्रत्यासी कुमार पन्तको टिमबाट अमेरिकाको प्रतिनिधित्व गर्दै सोनाम लामाले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।

लामो समयदेखि एनआरएनए अभियानमा सक्रिय लामाले यसअघि अमेरिकाज क्षेत्रको क्षेत्रीय संयोजकको रुपमा आफ्नो जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरिसकेका छन् ।

उपाध्यक्षका प्रत्यासी सोनाम लामाले ७ बुँदे प्रतिबद्धता घोषणा गर्दै आफू र आफ्नो टिमलाई जिताउन अपिल गरेका छन् ।

उनको सात बुँदे प्रतिबद्धता :

१) गैरआवासीय नागरिकता निरन्तरतालाई व्यवहारीक रुपमा कार्यान्वयनको लागि आवश्यक पहल कदमी गर्ने ।
२) भिजन २०२० एण्ड वियोण्ड” लाई पुर्ण रुपमा कार्यान्वयन गर्ने ।
३) समृद्व नेपालको लागि १० अर्व रुपैयाको सामुहिक लगानी कोष निमार्णको काम पूरा गर्ने
४) “भिजिट नेपाल(२०२०” सफल बनाउँन एक एनआरएनए सदस्य बराबर एक बिदेशी पर्यटन भित्र्याउन पहल गर्ने ।
५) बैदेशिक रोजगारीमा जाने नेपालीहरुको लागि कल्याणकारी कोष स्थापनाको कार्यलाई यथासिघ्र सम्पन्न गर्ने ।
६) एनआरएनएले शूरुवात् गरेको पुराना मेघा प्रोजेक्टहरुलाई समयमै सम्पन्न गर्न र गराउन लागि पर्ने ।
७) बिदेशमा आर्जन गरेको ज्ञान, सीप र क्षमतालाई देशमै उपयोग गर्ने उचित वातावरण निमार्ण गर्ने ।

यो पनि पढ्नुहोस् :

अधिकाँस काँग्रेस प्रतिनिधि कुमार पन्तको समूहमा, रामचन्द्र पौडेलको कारण कुल आचार्यले हार बेहोर्दै

को हुन् -कुमार पन्त ? जसले एनआरएन चुनावमा क्लिन स्वीप गर्दैछन् !

प्रतिक्रिया दिनुहोस्