शीतलनिवासबाट हेलिकोप्टर चढेर पुगिन् विमानस्थल राष्ट्रपति



२९ असोज २०७६, काठमाडौं

राष्ट्रपति विद्यादेवी भण्डारी शीतलनिवासबाट हेलिकोप्टर चढेर (आज) वुधबार विमानस्थल पुगेकी छन्।

यसअघि सडक मार्ग भएर विमानस्थल जाने गरेकी राष्ट्रपति भण्डारी म्यानमार जाने क्रममा आज बिहान हेलिकोप्टरमार्फत विमानस्थल पुगेकी हुन्।

सडक मार्ग नभएर राष्ट्रपति किन हेलिकोप्टरमार्फत विमानस्थल गइन् भन्नेबारे राष्ट्रपति निवासले भने केही जानकारी दिएका छैन।

म्यानमारका समकक्षी विन मिन्टको निमन्त्रणामा म्यानमार जान लागेकी राष्ट्रपति भण्डारी बिहान ११ बजे हेलिकोप्टरमार्फत विमानस्थलमा उत्रिएर त्यसतर्फ प्रस्थान गरेकी छन्।

म्यानमारतर्फ प्रस्थान गर्नुअघि उनलाई विमानस्थलमा उपराष्ट्रपति, प्रधानमन्त्री, सरकारका मन्त्रीलगायतले बिदाइ गरेका छन्।

प्रतिक्रिया दिनुहोस्