डा. भट्टराईले पुरा गरे प्रतिबद्धता : आनीगुम्बा डुबान समाधानका लागि टेण्डर आब्हान



२९ असोज २०७६, काठमाडौं

बूढानीलकण्ठ नगरपालिकाको वडा नं. ११ को कपन आनिगुम्बा, गुरुङ टोल क्षेत्रको डुबान समस्याको दीर्घकालीन समाधानका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य तथा परराष्ट्रविद् डा. राजन भट्टराईको पहलमा असोज २९ गतेको नागरिक दैनिकमा टेण्डर आव्हान गरिएको छ ।

२०७६ कात्तिक १९ गतेसम्म टेण्डर गर्नुपर्ने परियोजनाको अन्तिम म्याद कात्तिक २९ गतेसम्म तोकिएको छ ।

बर्षाको समयमा कपन आनीगुम्बा क्षेत्र डुबानमा पर्दा स्थानीयवासीहरु भयपूर्ण जीवन जीउन बाध्य थिए ।

बूनपा ११ का वडाध्यक्ष राजु अधिकारीले आफ्नो क्षेत्रको डुबान समस्या समाधानमा डा. भट्टराईको योगदान स्थानीय वासिन्दाले कहिल्यै नभुल्ने बताए ।

नागरिक दैनिकमा प्रकाशित टेण्डर आव्हान सम्बन्धी सूचना :

यो पनि पढ्नुहोस् :

कपनको डुवान समस्या समाधानमा सक्रिय विकासवादी नेता डा. राजन भट्टराई (भिडियो सहित)

डा. राजन भट्टराईको पहलमा आनीगुम्बा डुबान समाधानका लागि टेण्डर आव्हान हुँदै

प्रतिक्रिया दिनुहोस्