कुमार पन्त समूहबाट कोषाध्यक्षका प्रत्यासी कुमार श्रेष्ठको लोभलाग्दो माहोल



२९ असोज २०७६, काठमाडौं

गैरआसीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को आसन्न नवौँ महाधिवेशनमा कुमार पन्त समूहबाट कोषाध्यक्षमा उठेका महेश कुमार श्रेष्ठको चुनावी माहोल लोभलाग्दो देखिएको छ।

हायात होटलको माहोल अहिले चुनावमय भएको छ। आफ्ना समर्थकलाई चुनाव जिताउने घाँटीमा प्रचारकार्ड बोकेर हिडेकाहरु जताततै देखिन्छन। १० प्रतिवद्दता सहित चुनावी मैदानमा लागेका महेशको वार्षिक ८ करोडको गैरआवासीय श्रमिक कल्याण कोष निर्माणको ठोस योजनामा रहेका छन्।

कोषाध्यक्ष प्रत्यासी श्रेष्ठका १० प्रतिवद्दताहरू :

१. वार्षिक ८ करोड रुपैयाँ संकलन हुनेगरि गैरआवासीय श्रमिक कल्याण कोषको स्थापना गर्नेछु । उक्त कोषको स्थापना तथा सञ्चालनका लागि संवन्धित पक्षहरुसंग छलफल अगाडी बढाई सकिएको छ।

२. गैरआवासीय नेपाली संघ ९एनआरएनए०को आर्थिक हिसाब किताब अझ वैज्ञानिक तथा पारदर्शी रुपमा राखिने छ । आर्थिक हिसाब किताब अन्तर्राष्ट्रिय मापदण्ड अनुसार डिजिटलाइज गरिनेछ । संघको अनुमातिक वार्षिक आय–व्यय तय गरी खर्चको विवरण प्रत्येक ३ महिनामा वेबसाइट मार्फत सार्वजनिक गरिनेछ।

३. संघको काठमाडौं स्थित सचिवालयको खर्चमा मितव्ययिता अपनाई अझ व्यवस्थित बनाउनेछ साथै आर्थिक स्थायित्वको लागि आवश्यक नयाँ नीतिहरु तर्जुमा गर्नेछु ।

४. गैरआवासीय नेपाली संघ (एनआरएनए) केन्द्रिय महाधिवेशन एवं क्षेत्रीय बैठकहरुमा हुने खर्च तथा संघले सञ्चालन गर्ने परियोजनाहरुमा गरिने खर्चहरुमा मितव्ययिता, पारदर्शिता एवं आर्थिक अुशासन कायम गरिने छ ।

५. सचिवालय सञ्चालन र परियोजनाका लागि सदस्यता शुल्क र पदाधिकारीको व्यक्तिगत सहयोगमा भर पर्नु पर्ने स्थितिको अन्त्य गरी आर्थिक दीगोपनका लागि वैकल्पिक स्रोतको खोजी गरिनेछ ।

६. रु. १० अर्बको संयुक्त लगानी कोष स्थापना गरी थोरै आम्दानी हुने गैरआवासीय नेपालीहरुले पनि लगानी गर्न सक्ने वातावरण तयार गरिने छ ।

७. खेलकुद अनि नेपाली भाषा, साहित्य र संस्कृतिलाई विशेष प्राथमिकता क्षेत्रमा राखिनेछ । युवा, महिला तथा दोस्रो पुस्ता पछि का गैरआवासीय नेपालीहरुको समस्या, चुनौति र अवसरका वारेमा गहन अध्ययन गरी स्वेतपत्र जारी गरिनेछ ।

८. भिजन २०२० एण्ड वियोण्ड एनआरएनका लागि मार्गदर्शक सिद्धान्त हो । विश्वभर छरिएर रहेका विभिन्न पेशा, वर्ग, क्षेत्र र विभिन्न समुदायका ६० लाख भन्दा बढी गैरआवासीय नेपालीहरुको साझा संगठनका रुप मा एनआरएनएलाई अघि बढाउन यसको सांगठनिक संरचना मा आवश्यकता अनुरुप परिवर्तन र परिमार्जन गरिनुपर्छ भन्ने मेरो मान्यता रहेको छ ।

९. संघका मुख्य आधार स्तम्भहरु NRNA Foundation, Policy Institute, Knowledge and Skill Academy, Businesses and Investment Forum, Migration & Foreign Workers Welfare committee/Women and Youth Forum लाई मुख्य आधार बनाएर संघको उद्देश्य प्राप्तिको लागि आर्थिक योजनाहरु तर्जुमा गरिनेछ ।

१०.नेपालको संविधानको धारा २९१ ले विदेशमा स्थायी बसोबास अनुमति लिएका नेपाली नागरिकहरुको लागि गरेको व्यवस्थाको विरोधमा म सदैव लडिरहेको छु । संविधानको यसै धारा विरुद्ध मैले सर्वोच्च अदालतमा रिट समेत हालेको कुरा तपाई सबैलाई अवगत नै होला । म गैरआवासीय नेपालीहरुको हकहित र उनीहरुको नागरिकता तथा सम्पतिको अधिकार प्राप्तिको लडाईमा सदैव साथ रहिरहने छु । त्यसैगरी विदेशमा रहनु हुने नेपाली नागरिकको मतदानको अधिकारका लागि पनि वुलन्द आवाज उठाइ रहनेछु ।

यो पनि पढ्नुहोस….

को हुन् -कुमार पन्त ? जसले एनआरएन चुनावमा क्लिन स्वीप गर्दै छन् !

मध्यपूर्वको नेतृत्व गर्दै कुमार पन्त समूहबाट सचिवमा आरके शर्मा ६ बूँदे प्रतिवद्धता सहित चुनावी मैदानमा

प्रतिक्रिया दिनुहोस्