मध्यपूर्वको नेतृत्व गर्दै कुमार पन्त समूहबाट सचिवमा आरके शर्मा ६ बूँदे प्रतिवद्धता सहित चुनावी मैदानमा



२९ असोज २०७६, काठमाडौं

गैरआसीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को आसन्न नवौँ महाधिवेशनमा मध्यपूर्व संयोजक आर के शर्मा (राजेन्द्र कुमार शर्मा) ले कुमार पन्तको समूहबाट ६ बूँदे प्रतिवद्धता सहित सचिव पदमा उम्मेदवारी दिएका छन्।

शर्माका ६ प्रतिवद्दताहरु :

१) सुरक्षित, मर्यादित वैदेशिक रोजगार तथा श्रमिकका मुद्दा :
वैदेशिक रोजगारमा रहेका मध्यपूर्व, मलेसिया, दक्षिण कोरिया, जापान लगायतका देशमा रोजगार गर्ने कामदारका मुद्दा पहिलो प्राथमिकतामा राख्न मेरो उम्मेदवारी हो । आज देशको अर्थतन्त्र धान्ने श्रमिकहरुको समस्यालाई नजिकबाट बुझेकाले उहाँहरुको मुद्दा एनआरएनको सर्वाधिक महत्वको विषय हुनुपर्छ भन्नेमा मेरो जोड रहनेछ । सुरक्षित वैदेशिक रोजगार बनाउन तथा समस्यामा परेकाहरुको सहयोगका लागि सरकारसँगको सहकार्यमा छुट्टै कोष स्थापना गरी पीडितलाई तत्काल सहयोग गर्नका लागि । थप श्रम बजारलाई विस्तार गर्नका साथै स्वास्थ्य सुरक्षा तथा जनचेतनाका कार्यक्रम संचालन गर्न मेरो उम्मेदवारी । रेमिट्यान्स पठाउने श्रमिकहरुको इज्जत बढाउन पनि मेरो उम्मेदवारी हो ।

२, रेमिट्यान्सको सही सदुपयोग र लगानी :
मध्यपूर्व, मलेसिया, जापान र कोरियाका समस्या तथा संभावना लगभग एउटै किसिमका छन् । आज म जस्ता युवाहरुले विदेशमा पसिना बगाएर पठाएको रेमिट्यान्स ६० प्रतिशत भन्दा धेरै रकम अनुत्पादक क्षेत्रमा खर्च भइरहेको छ । हामीहरु अबको १०/१५ बर्षपछि दीर्घ रोगसँगै अशक्त भएर फर्किदा औषधीउपचार लगायतका खर्चको पनि कसरी जोहो गर्ने भन्ने स्थिति बन्दै छ । यि विभिन्न विषयलाई सम्बोधन गरेर हामीले पठाएको रेमिटेन्सलाई उत्पादनमुलक क्षेत्रमा लगाउनु मेरो प्राथमिकता हुनेछ । सरकारले आफु ग्यारेण्टी बसेर रेमिट्यान्समार्फत भित्रिएको रकम लगानी गर्ने वातावरण बनाउनु आवश्यक छ । अनुत्पादक क्षेत्रमा भइरहेको खर्च कटौती गर्दै राष्ट्र विकासमा बैदेशिक रोजगारीले ठोस योगदान पु¥याउने वातावरण बनाउनु मेरो प्राथमिकता हो ।

३) स्वदेशमा पर्यटन प्रवद्र्धन तथा सामुहिक लगानी :
पर्यटकहरुलाई नेपाल भित्राउनका लागि प्रोत्साहन गर्न आवश्यक भूमिका खेल्नेछु । पर्यटन सम्बन्धी विशेष दख्खल राखेका गैर आवासीय नेपाली विज्ञहरुलाई समेटेर विशेष कार्यदल गठन गरी एनआरएन अभियान अन्तर्गत नै पर्यटन प्रवद्र्धनका लागि विशेष कार्यक्रमहरु संचालन गर्नतिर दत्तचित्त भएर लाग्नेछु । साथै विदेशी लगानी नेपाल भित्र्याउन एनआरएन मार्फत विशेष पहल गर्नेछु । सामुहिक लगानी ल्याउन मेरो विशेष जोड रहनेछ । नेपाल पर्यटन बर्ष २०२० लाई सफल बनाउन विभिन्न कार्यक्रम ल्याउनेछु ।

४) एनआरएनमा सबैको साझा र समान स्वामित्व :
अहिले भन्ने गरिन्छ एनआरएन धनीहरुको मात्रै संस्था हो तर यो एनआरएन धनीहरुको संस्था होइन सम्पुर्ण विदेशमा रहनुभएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको काटेको घाउमा मल्हम लगाउने उद्देश्यले स्थापना गरिएको हो र अहिले पनि यो यथावत छ । चाहे मध्यपूर्वमा नेपालीलाई समस्या होस् चाहे अफ्रिकामा नेपाली चेली परिबन्दमा पर्दा, चाहे विश्वकै कुनै कुनामा नेपालीले दुख पाउँदा एनआरएन सधै निस्वार्थ रुपमा खट्नु पर्छ । यसमा मेरो भूमिका अग्रपंक्तिमा रहनेछ । भावनात्मक एकतासहितको बलियो संगठन बनाउन पहल गर्नेछु भने एनआरएन सबैको साझा र समान स्वामित्व बनाउन मेरो पहल रहनेछ ।

५) भिजन २०२० एण्ड वियाण्ड लागु गर्न :
भिजन २०२० एण्ड वियोण्ड पारित भइसकेको छ । एनआरएनको विकासका लागि यो कार्यक्रम लागु गराउन जरुरी छ । यसबाट एनआरएनको संस्थागत विकासमा टेवा पुग्नेछ । एनआरएन स्थापनाको लामो समय बित्दा समेत धेरै विषयहरु संस्थागत हुन वाँकी छन् । सचिवालयमा दिगो आर्थिक ब्यवस्थापका लागि नियमित स्रोतको जोहो गर्नु जरुरी छ । जसबाट हाम्रा कामकारवाहीलाई थप प्रभावकारी बनाउन सकियोस् । नागरिकताको निरन्तरता, यसतर्फ मैले ठोस प्रयास गर्नेछु ।

६, विज्ञ र सीपयुक्त नेपालीको पहिचान गर्न :
आज गैरआवासीय नेपालीहरु विदेशमा दक्ष काम गरिरहनु भएको छ । तर, नेपालमा ठूला ठूला परियोजनामा विदेशबाट इन्जिनियर तथा दक्ष कामदारले काम गरिरहेका छन् । नेपालीहरुले त्यो भन्दा राम्रो काम गर्न सक्छन् । तर हामीहरुले सीपको पहिचान र क्षमता अभिवृद्धी गर्न नसकिरहेको अवस्था छ । भोलिका दिनमा नेपाली दक्ष कामदारहरु विदेशमा होइन नेपालमा नै खपत हुने वातावरण बनाउन मैले विशेष पहल गर्नेछु ।

यो पनि पढ्नुहोस….

को हुन् -कुमार पन्त ? जसले एनआरएन चुनावमा क्लिन स्वीप गर्दै छन् !

कुमार पन्त समूहबाट कोषाध्यक्षका प्रत्यासी कुमार श्रेष्ठको लोभलाग्दो माहोल

प्रतिक्रिया दिनुहोस्