कुमार पन्तको माहोल देखेर चरित्र हत्याको प्रयास गरेकोमा एनआरएनए अध्यक्ष न्यौपानेद्वारा दु:ख ब्यक्त



२९ असोज २०७६, काठमाडौं

गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनमा समावेशी, क्षेत्रगत प्रतिनिधित्व र एनआरएन अभियानमा लामो समयदेखि योगदान गरिरहेका एनआरएनकर्मीहरुले कुमार पन्तलाई सहयोग गर्ने वातावरण बनेपछि पन्तका प्रतिद्वन्दी कुल आचार्य समूहका केहि व्यक्तिहरु पन्तको माहोलदेखि तर्सिएर चरित्र हत्यामा उत्रिएपछि एनआरएनए जर्मनीका अध्यक्ष हरि न्यौपानेले दु:ख व्यक्त गरेका छन्।

अध्यक्ष न्यौपानेका अनुसार नियम र पद्दति अनुसार जर्मनीबाटै छानिएर आएका प्रतिनिधिहरुमा कुनै विवाद नरहेको र कुमार पन्तको लोकप्रियता देखेर जनसम्पर्क मंच जर्मनीको अध्यक्षमाथि प्रतिनिधि दर्ताको समयमा हातपात गरेको झुट्टा समाचारप्रति खेद व्यक्त गरेका छन्।

न्यौपानेले परिवर्तन खबरसँग कुरा गर्दै भने,”दर्ताको समयमा शुरुदेखि अन्त्यसम्म हामी त्यहिँ छौँ। त्यो बेला हातपात त होईन कुनै विवाद नै भएको छैन। लगाईएको आरोप सय प्रतिशत झुट्टा हो। चुनावी प्रोपोगाण्डको पछि नलागी सत्यको जुटिरहन सबै प्रतिनिधिहरुलाई अनुरोध गर्दछु।”

प्रतिक्रिया दिनुहोस्