डा. राजन भट्टराईको पहलमा आनीगुम्बा डुबान समाधानका लागि टेण्डर आव्हान हुँदै



२८ असोज २०७६, काठमाडौं

बूढानीलकण्ठ नगरपालिकाको वडा नं. ११ को कपन आनिगुम्बा, गुरुङ टोल क्षेत्रको डुबान समस्याको दीर्घकालीन समाधानका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य तथा परराष्ट्रविद् डा. राजन भट्टराईको पहलमा असोज २९ गते टेण्डर आव्हान हुने भएको छ ।

बूनपा ११ का वडाध्यक्ष राजु अधिकारीका अनुसार आनीगुम्बा देखि गुरुङटोल र आनीगुम्बादेखि शिवमन्दिर शहिद मार्गसम्म ढल सहितको बाटो निर्माणको लागि नागरिक दैनिक मार्फत टेण्डर आव्हान हुनेछ ।

लामो समयदेखि डुबान क्षेत्रबाट पिडित नागरिकहरुलाई डा. भट्टराईको पहलमा हुने निर्माणले दीगो समाधान हुने वडाध्यक्ष अधिकारीले परिवर्तन खबरलाई बताए ।

प्रतिक्रिया दिनुहोस्