टन्सिलबाट छुटकारा पाउन यसो गर्नुहोस्



२८ असोज २०७६, काठमाडौं

घाँटीको माथिल्लो भाग र मुखको पछाडि पट्टी छेउमा रहेका दुईवटा ग्रन्थीलाई टन्सिल भनिन्छ। यो अत्यन्तै तीव्र गतिमा देखापर्छ। यो एक प्रकारको गला सुन्निने समस्या हो।

यो रोग लागेको बेलामा घाँटी दुख्ने, ज्वरो आउने, टन्सिल बढ्दै जाने, निल्न गाह्रो हुने तथा घाँटी वरपरका लिम्फ नोडहरू बढ्ने जस्ता लक्षणहरू देखा पर्दछ।

यो एक जटिल समस्याको रूपमा देखिन थालेको छ। त्यसैले, आज हामी तपाईँहरुलाई यो समस्याबाट कसरी छुटकारा पाउन सकिन्छ?

जुन बिषयमा जानकारी दिदैछौंः

–यदि तपाईँ टन्सिलको समस्याबाट ग्रसित हुनुहुन्छ भने आफ्नो घाँटीलाई कुनै न्यानो कपडाले ढाक्नुहोस्। जसले गर्दा तपाईँले यी समस्याबाट केही राहत पाउन सक्नुहुन्छ।

तातो पानीमा थोरै बेसार मिसाएर मुख कुल्ला गर्दा पनि टन्सिलबाट धरै राहत मिल्छ। त्यसैले यस समस्याबाट छुटकारा पाउनका लागि रातमा सुत्नभन्दा अघि तातो पानीमा बेसार हाली कुल्ला गर्नुहोस्।

–यदि तपाईँ यस समस्याबाट ग्रसित हुनुहुन्छ भने मह मिसाएको मनतातो पानी तथा अन्य झोलीय पदार्थ पर्याप्त सेवन मात्रामा पिउने बानी बसाल्नुहोस्।

जसले गर्दा तपाईँलाई यस समस्याबाट रहातहात मिल्छ।

–त्यस्तै, प्रत्येक दिन मनतातो पानीमा नुन राखेर मुख कुल्ला गर्नुहोस्। जसबाट केही आराम प्राप्त हुनेछ।

–टन्सिलको समस्या भएको व्यक्तिले फ्रिजमा राखेको खानेकुरा कहिल्यै खानुहुँदैन। जसकारण अझ बढी समस्या उत्पन्न भएर जान्छ।

प्रतिक्रिया दिनुहोस्