दशैंको अवधिमा मात्रै मोरङमा ११ जनाले गरे आत्माहत्या



२८ असोज २०७६, काठमाडौं

दशैंको अवधिमा मात्रै मोरङ जिल्लामा ११ जनाले आत्महत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार घटस्थापनादेखि कोजाग्रत पूर्णिमाको दिनसम्ममा११ जनाले आत्महत्या गरेका हुन्।

त्यसै अवधीमा १५ जनाले आत्महत्या प्रयास गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए। अधिकारीका अनुसार दशैंकै अवधीमा भएका ५५ वटा सवारी दुर्घटनामा ६ जनाले ज्यान गुमाएका छन् भने ९१ जना घाइते बन्न पुगेका छन्।

प्रहरीका अनुसार, गत साउन र भदौमा गरी मोरङमा ४६ जनाले आत्महत्या गरेका छन्। चाडपर्वमा मात्र १५ जनाले विष सेवन गरी आत्महत्या प्रयास गरे भने ११ जनाले झुण्डिएर आत्महत्या गरेका हुन्। आत्महत्या गर्नेमा अधिकांश २५ वर्षमुनिका युवा छन्।

प्रहरी उपरीक्षक अधिकारीका अनुसार आत्महत्याको कारणमा उनी गरिबी, पारिवारिक झैझगडा, वैदेशिक रोजगारको इयादि समस्या रहेका छन्। गत वर्ष मोरङमा मात्र १७२ जनाले आत्महत्या गरेका थिए। आर्थिक वर्ष २०७४–७५ मा १८१ र २०७३–७४ मा २२० जनाले आत्महत्या गरेका छन्।

प्रतिक्रिया दिनुहोस्