एक किशोरीलाई आफ्नै कोठामा बोलाई ललाई–फकाई बलात्कार



२८ असोज २०७६, काठमाडौं

ललितपुरमा एक किशोरी बलात्कृत भएकी छन्।

ललितपुर महानगरपालिका–१७ मंगलबजार डेरा गरी बस्ने १६ वर्षीया किशोरीमाथि बलात्कार भएको हो।

बलात्कारको अभियोगमा सोही ठाउँ डेरा गरी बस्ने सिन्धुली दुधौली नगरपालिका–६ घर भएका २१ वर्षीय सुन्दर कार्कीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ।

कार्कीले किशोरीलाई आफ्नो कोठामा बोलाई ललाई–फकाई जबरजस्ती करणी गरेको महानगरीय प्रहरी प्रभाग मंगलबजारले जनाएको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्