अमेरिकाका प्रवासी नेपालीद्वारा मिर्गाैला पिडित खड्कालाई आर्थिक सहयोग हस्तान्तरण



२८ असोज २०७६, काठमाडौं

रामेछाप जिल्लामा जन्मिएर हाल बूढानीलकण्ठ –१० स्थायी बसोवास गर्ने वर्ष ५२ को शरद कुमार खड्काको उपचारको लागि अमेरिका निवासी संजय थापा र जीवनकुमार जोशीको पहलमा संकलित ३ लाख १७ हजार निजका भाई बसन्त खड्कालाई हस्तान्तरण गरिएको छ ।

संजय थापा र जीवनकुमार जोशीको पहलमा ९० जना प्रवासी नेपालीबाट संकलित २८२७ अमेरिकन डलरको ३ लाख १७ हजार ९८० नेपाली रुपैंयाँ सिभिल बैंकको चेक समाजसेवी मिठाराम अधिकारी मार्फत हस्तान्तरण गरिएको छ । ।

दुवै मिर्गौला फेल भई त्रिवि शिक्षण अस्पतालको २०४ नं. बेडमा उपचारार्थ खड्कालाई करिब २५ लाख प्रत्यारोपण खर्च लाग्ने भाई बसन्त खड्काले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्