लामो श्वास लिनुको फाईदाको बारेमा जान्नुहोस्



२८ असोज २०७६, काठमाडौं

जीवनका लागि श्वास सबैभन्दा महत्वपूर्ण विषय हो।

स्वासप्रश्वासमा अवरोध हुँदा मानिसको ज्यानै जाने सम्भावना समेत हुन्छ। श्वासप्रश्वास एउटा नियमित प्रक्रिया हो। श्वास फेर्न हामीलाई कुनै थप उर्जा खर्च गर्नु पर्दैन।

श्वासप्रश्वास मानव शरिरका स्वचालित प्रक्रिया हो। श्वासप्रश्वासलाई मिलाएर लिएमा यसले मानिसलाई दीर्घजीवन समेत दिन्छ।

त्यसका लागि विहानको समयमा केही समय लामो श्वास लिने र छोड्ने गर्दा स्वास्थ्यलाई निकै फाईदा पुग्ने विभिन्न अध्ययनले खुलाएको छ।

त्यसैले, आज हामी तपाईँहरुलाई लामो श्वास लिने र छोड्ने गर्दा स्वास्थ्यलाई कत्तिकोे फाईदा फाईदा पुग्छ। जुन बिषयमा यी जानकारी तपाईँहरुको लागिः

मस्तिष्काई शान्त बनाउँछः

अत्याधिक तनाब र चिन्ताले स्वास्थ्यमा विभिन्न समस्या उत्पन्न हुन्छ। गहिरो श्वास लिँदा दिमागमा अक्सिजनको आपूर्ती बढाउँछ र चिन्ताको मात्रा घट्नुका साथै शरिरलाई आनन्द र प्रफुल्ल बनाउन सहयोग गर्दछ।

शरिरको बिष फालिदिन्छः

श्वासप्रश्वासबाट मानिसको शरिरबाट ७० प्रतिशत भन्दा बढी खराब तत्व निस्कासन गरिदिन्छ।

तनाबमुक्त बनाउँछः

गहिरो श्वासले शरिरमा अक्सिजनको प्रवाह बढाउँछ र तनाब, चिन्ता र त्रासबाट छुटकारा पाउन सकिन्छ।

अन्य अंगलाई सहयोगः

गहिरो श्वासप्रश्वासको व्यायामले मुटु, पेट,लिभर, साना आन्द्रालाई मसाज गरिदिन्छ र ती अंगमा रक्तप्रवाह हुन्छ।

प्रतिक्रिया दिनुहोस्