पारसले क्रिकेट टिमको क्याप्टेनबाट दिए राजीनामा, अब को बन्ला नयाँ क्याप्टेन ?



२८ असोज २०७६, काठमाडौँ

नेपाली राष्ट्रिय क्रिकेट टोलीका क्याप्टेन पारश खड्काले राजीनामा दिने घोषणा गरेका छन् । उनी क्रिकेटमा सर्वाधिक रुचाइएका खेलाडी हुन् । उनले सामाजिक सञ्जालमार्फत आफूले राजीनामा दिन लागेको कुराको जानकारी दिएका छन् ।

सोमबार आईसीसीले नेपाल क्रिकेट संघ ९क्यान० को निलम्बन सशर्त फुकुवा गरेसँगै नयाँ कमिटीलाई शुरुदेखि नै राम्रो तरीकाले काम गर्न सहज होस् भन्ने योनजासहित राजीनामा दिएको पारसको भनाइ छ ।

खड्काले भनेका छन्,‘नयाँ भिजनसहित आएको टोलीका लागि काम गर्न सहज होस् भनेर मैले नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान पदबाट राजीनामा दिन गइरहेको छु ।’

अब सबैको चासोको विषय भनेको नेपाली क्रिकेट टोलीको क्याप्टेन को बन्ला ? भन्ने विषयमा रहेको छ । अब को बन्नेछ त क्रिकेट टिमको क्याप्टेन ? त्यसको लागि भने केहीसमय प्रतिक्षा गर्नैपर्छ ।

प्रतिक्रिया दिनुहोस्